त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १ घण्टापछि सुचारु

0
Shares

काठमाडौं । दुई घण्टादेखि प्रभावित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान एक घण्टापछि सुचारु भएको छ। विमानस्थलको भिसिसिएस उपकरण बिग्रिँदा मंगलबार बिहान ९ बजेदेखि उडान प्रभावित भएको थियो।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बिग्रिएको उपकरण फेरेर उडान सञ्चालनमा ल्याइएको जानकारी दिए । एयर ट्राफिक म्यानेजमेन्ट, एयर ट्राफिक कन्ट्रोल कम्युनिकेसन लगायतका लागि प्रयोग हुने भिसिसिएस बिग्रिँदा ५० भदा बढी उडान प्रभावित भएको थियो ।

एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा प्राविधिक समस्या आएपछि गन्तव्यमा जान हिँडेका यात्रुहरू समस्यामा परेका थिए ।