विपक्षी पार्टीलाई भोट दिएको भन्दै सामुहिक बलात्कार


काठमाडौं । बंगलादेशको हालैको संसदीय निर्वाचनमा विपक्षी पार्टीलाई मतदान गरेको भन्दै एक महिलामाथि सामुहिक बलात्कार गरिएको छ ।

बलात्कार आरोपमा प्रहरीले सत्तारुढ अवामी लिग पार्टीका एक स्थानीय नेता राहुल अमिनसहित सात जनालाई हिरासतमा लिएको छ । बलात्कृत ३५ वर्षीया महिलाका चार सन्तान छन् ।

उनका अनुसार गत हप्ता भएको निर्वाचनमा विपक्षी बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का उम्मेद्वारलाई भोट दिएको भन्दै सत्तारुढ अवामी लिगका नेता–कार्यकर्ताहरुले सामुहिक बलात्कार गरेका हुन् ।

अभियुक्तहरुले भने बलात्कारको आरोप अस्वीकार गरेका छन् । यद्यपि आरोपी नेता राहुल अमिनलाई सत्तारुढ अवामी लिगले पार्टीबाट निष्कासित गरेको छ ।

पीडित महिलाका पतिले प्रहरीमा दिएको उजुरी अनुसार अवामी लिगको स्थानीय नेता राहुल अमिनसहितका केही व्यक्तिहरु आधा रातमा नोआखली जिल्लास्थित उनको घरमा जबरजस्ती प्रवेश गरे । ती व्यक्तिहरुले उनीहरुका चार जना बच्चालाई बाँधे । त्यसपछि उनकी श्रीमतीलाई बलात्कार गरे । ती व्यक्तिहरु घरबाट बाहिरिएपछि छिमेकीहरुको सहयोगमा पीडित महिलालाई अस्पताल लगिएको थियो ।

खबरहरुका अनुसार त्यस दिन ती महिला भोट होला मतदान केन्द्र गएकी थिइन् । मतदान केन्द्रमा रहेका अवामी लिगका नेता राहुल अमिनलगायतले विपक्षी दलको उम्मेद्वारलाई भोट नहाल्न भनेका थिए । त्यसबेला ती महिलाको अवामी लिगका स्थानीय नेता कार्यकर्ताहरुसँग सामान्य विवाद भएको थियो ।

जो मध्य राति आफ्ना केही साथीहरुका साथ उनको घरमा आए र बलात्कार गरेर फर्किए ।
सामुहिक बलात्कारको घटना सार्वजनिक भएपछि केही व्यक्तिहरुले राजधानी ढाका र नोआखलीमा प्रदर्शन गरेका छन् । धेरै व्यक्तिले सामाजिक सन्जालमा आक्रोश पोखेका छन् । एजेन्सी