बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका-५ मा बँदेलसँग मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतहट चन्द्रनिगाहपुर नगरपालिका-५ बस्ने ४२ वर्षीय रोशन कुमार काफ्लेको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
ना ६२ प ७३१९ नम्बरको मोटरसाइकल बर्दिवास नगरपालिकाबाट रौतहटतर्फ जाने क्रममा एक्कासी सडकमा आएको जंगली बँदेलसँग मोटरसाइकल ठोक्किएको र अनियन्त्रित भइ दुर्घटना भएको जनाएको छ ।
दुर्घटनामा ३५ वर्षीय राजन काफ्ले गम्भीर घाइते भएका छन् ।











प्रतिक्रिया