सुरज पललाई लिएर हृदयभरि बनाउँदै

0
Shares

सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशनमा हृदयभरि नामक फिल्म निर्माण हुने भएको छ। राजधानीमा आयोजित एक समारोहबीच सोमबार यो फिल्म निर्माणको घोषणा गरिएको छ। फिल्ममा पल शाह, नीर शाह, सुनील थापा, काश बाबु, अनुराग कुँवर, निर्मल शर्मालगायतले अभिनय गर्नेछन् भने श्रद्धा छेत्रीले डेब्यु पाउनेछिन्। भारतको कोलकातामा बसोबास गर्दै आएकी श्रद्धा त्यहाँ चिनिने मोडल हुन्।

फिल्मलाई एन फिल्मस् एन्ड क्रियसन, शाह प्रोडक्सन प्रालि र दीपिन्द्र फिल्मस्को संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दीपिन्द्र राईले निर्माण गर्दै छन्। त्रिकोणात्मक प्रेम कथामा निर्माण हुने फिल्ममा केदार भुसालको लेखन, अर्जुन पोखरेल, हरि लम्साल र दीपक शर्माको संगीत, कविराज गहतराज र प्रवीण सिंहको कोरियोग्राफी, मानकृष्ण महर्जनको छायांकन र विपीन मल्लको सम्पादन रहनेछ। फिल्म फागुनको तेस्रो साता सुटिङ प्mलोरमा जानेछ।

‘यो फिल्मले दर्शकलाई बाँध्नेछ। मलाई चकलेटी ब्वाइकै रूपमा पाउनुहुनेछ तर अघिल्ला फिल्मभन्दा फरकरूपमा’, कार्यक्रममा नायक पल शाहले भने– ‘मेरा लागि फिल्म संख्याभन्दा पनि गुणस्तर सधैं नै आवश्यक र≈यो र यसमा पनि त्यही छ।’ नवनायिका श्रद्धा छेत्रीले मोडलिङ हुँदै फिल्ममा आइपुगेको बताइन्। निर्देशक सुब्बाले फिल्मले अहिलेको समयको युवापुस्ताको कथा बोल्ने बताए। ‘त्यहीअनुरूप नै हामीले कास्ट लिएका छौं। पलसँग जोडी सुहाउने भएकाले श्रद्धालाई लिएको छु’, सुब्बाले भने– ‘राम्रो टिम पाएको छु, राम्रो फिल्म बनाउने आत्मविश्वास छ।’