एफबीआईद्वारा रुसी नागरिक पक्राउ


मस्को (एजेन्सी)
जासुसी गरेको आसंकामा मस्कोले पुर्व अमेरिकी नौसैनिक पल ह्वेलानलाई पक्राउ गरेको भोली पल्ट शनिबार अमेरिकामा एकरुसी नागरिक पक्राउ परेका रुसी विदेश मन्त्रालयले जनााएको छ ।

ह्वेलानलाई रुसको फेडरल सेक्युरिटी सर्भिसले डिसेम्बर २८ मा हिरासतमा लिएको थियो । उनका परिवारले उनी निर्दोष भएको र उ मस्कोमा एक विवाहमा सरिक हुन गएको जानकारी दिएका छन् ।

अमेरिकाले रुसी नागरिक डिमिट्री माकारेन्कोलाई डिसेम्बर २९ मा नर्दन मारियाना आइल्यान्डमा हिरासतमा लिएको र त्यहाँबाट उनलाई प्mलोरिडामा स्थानान्तरण गरेको मन्त्रालयले जानकारी दिएको छ ।

‘१९७९ मा जन्मेका माकारेन्को आफनी पत्नी, ससाना बच्चा र बृद्ध मातापितासँग साइपान आइल्यान्डमा पुगेका थिए । उनले एफबीआई जवानहरुले विमानस्थल पुग्नासाथ हिरासतमा लिएको हो – मन्त्रालयले जनाएको छ ।

उक्त घटनालाई लिएर टिप्पणी गर्न तत्काल मस्को स्थित अमेरिकी दुतावास उपलब्ध हुन सकेन । वासिङटन स्थित विदेश मन्त्रालयका प्रवक्ताले घटनाका विषयमा प्रतिक्रिया दिन गरेको आग्रहलाई न्याय विभागले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।