अष्ट्रेलियामा हजारौंलाई जेलीफसको आक्रमण


सिडनी,(एजेन्सी)
अष्ट्रेलियाको क्विन्सल्यान्डको समुदि« तटमा ठूलो संख्यामा देखा परेका ब्ल्युबोटल जेलीफिसको टोकाइको कारण हजारौ मानिस घाइते भएका छन् । यस घटना लगत्तै स्थानिय प्रशासनले सो क्षेत्रमा पौडि नखेल्न औपचारिक आब्हान गरेको छ ।

सर्फ लाइफ सेभिंग क्विन्सल्यान्डले गत सप्ताहान्त सम्ममा मात्र जेलीफिसको टोकाईको कारण २ हजार ६ सय भन्दा बढि मानिसको उपचार भइसककेो जनाएको छ ।

यस माछाको टोकाई पिडादायी भएपनि यसले ज्यानै खतरामा भने पार्दैन । अस्वाभाविक रुपमा तिव्र गतिमा चलेको बतासको कारण जेली फिस समुद«ी किनारमा आइपुगेको विशेषज्ञहरु बताउँछन् ।

गत साता मात्र करिव १३ हजार मानिसलाई जेली फिसले टोकेको बुझिएको छ । गत वर्षको यस अवधिको तुलनामा यो संख्या तीन गुणा बढि हो । सबैभन्दा बढि क्विन्सल्यान्डको गोल्ड तट र सनसाइन तट क्षेत्रमा यि घटना घटेका छन् ।
बढिमा १५ सेन्टिमिटर सम्म लम्वाईका निलो रंगको जेलीफिसले मानिसलाई पानी भित्र तथा बालुवामा पनि टोकन सक्छ । यस्तो टोकईलाई बरफ वा तातो पनीले सजिलै संग उपचार गर्न सकिन्छ ।