ग्यावोनको सैनिक विद्रोह असफल


लिवे्रभिल्ले,(एजेन्सी)
ग्यावोनको सरकारी प्रवक्ताले सोमवार सैनिक विद«ोह प्रयास पछि राष्ट्रको राजनीतिक स्थिती नियनत्रणमा रहेको बताएका छन् । गाय बट्र्रान्ड मापान्गोउले सरकारले यस विद«ोहमा संलग्न रहेका चारजनालाई गिरफतार गरेको तथा अर्को एकजना भने भाग्न सफल भएके जानकारी विविसिलाई दिएका छन् ।

तेलका लागि निकै धनी अफ्रिकी मुलुक ग्यावोनका तल्लो तहका सैनकिहरुले प्रजातन्त्र पुनस्र्थापनाका लागि सत्ता कब्जा गरेको दावी गरेका छन् । त्यहाँ बिरामी नेताका परिवारले पचास वर्षदेखि शासन चलाउँदै आएको छ ।
राजधानी लिव्रेभिल्लेमा जताततै टैंक र सेनाको शसस्त्र गाडिहरु देखिन्छन् । मापान्गोउले सेनाले रेडिायो र टेलिभिजनका प्रधान कार्यालयहरु माथि पुन नियन्त्रण गरिसकेको तथा वातावरण सामान्य स्थितीमा फर्किसकेको बताएक छन् ।


उनले विद«ोहीहरुको वि१प्तिमा संभावित समर्थकको रुपमा उल्लेखित सैनिक जनरलहरु , नागरिक समाज र विपक्षी नेताहरु माथि गम्भीर ढंगले छानविन गरिने जनाएका छन् । साथै उनले हाल फरार रहेका नाम नखुलाइएका एकजनालाई पनि चाँडै नै गिरफतार गरिने आशा व्यक्त गरेका छन् ।

ग्यावोनका वर्तमान नेता अली बोन्गोले सन् २००९ मा आफ्ना पिता ओमार बोनगोको स्थानमा राष्ट्रपति पदभार सम्हालेका थिए । त्यसैगरी उनले सन् २०१६ को राष्ट्रपतिको पुन निर्वाचनमा झिनो मतले सफलता हासिल गरेका थिए । ति पाँच जना सैनिकले स्थानिय समय अनुसार बिहान साढे चार बजे राष्ट्रिय रेडियो स्टेसन कब्जा गरेर ‘ राष्ट्रिय पुनस्र्थापना परिषद ’ गठन भएको घोषणा गरेका थिए ।

सामाजिक संजालमा राखिएको एक भिडियोमा स्ैनिक पोशाक लगाएका तथा बन्दुक बोकेका तीनजना कम उमेरका युवक देखिन्छन् । अफ्रिकन युनियनले यस सैनिक विद«ोह प्रयासको कडा शब्दमा आलोचना गरेको छ ।