नेविसंघद्वारा भ्रष्टाचारको विरोध

0
Shares

पोखरा, (नेस)
पछिल्लो समय सरकार प्रती असन्तुष्टि हुदै गर्दा वाइडबडि प्रकरणले सरकारलाइ थप आलोचित बनाएको छ। नेपाल विधार्थी संघले सरकारले भ्रष्टाचारीको संरक्षण गरेको भन्दै विरोध गरेको छ ।

नेविसंघले पोखराको पृथ्वीनारायण क्याम्पसमा भ्रष्टाचारीलाई प्रवेश निषेध भन्दै विरोध स्वरुप व्यानर टालेका छन । प्रत्येक टोलटोल र घरघरमा भ्रष्टाचार गर्नेलाइ प्रवेश गर्न रोक लगाउनु पर्ने भन्दै भ्रष्टाचार निषेध अभियानको शुरूवात गरेको नेविसंघको ठहर छ ।

सरकारले गरेको गतिविधिले आम सर्वसाधारणलाई नकरात्मक असर परेको बताउदै जनताले दिएको मतको कुनै कदर नभएको विधार्थी नेता गुरुदत्त बरालको धारणा थियो ।“ सरकारले बलत्कारीलाइ जोगायो, रेशम चौधरी जस्ता अपराधिलाइ सपथ ग्रहाण गरायो यो असह्य कुरा हो, राष्ट्रलाई सामन्तवाद तर्फ उन्मुख बनाउदै आएको छ“ बरालले बताए । जनताले विश्वास गरेर पठाएको प्रतिनिधिले जनताको विश्वासको कदर नगरेको नेविसंघ केन्द्रिय सदस्य गोपाल गुरुङ्गले बताए ।

सरकारको गलत कदमले सरकारलाइ नै घातक हुने तर्क उनले गरे । सरकारले एकलौटी तरिकाले गल्तीहरु ढाकछोप गर्दै आइरहेको गुरुङ्गले बताए । बारम्बार सरकारले जनता माथी प्रहार गर्दै जनतालै गिज्याइरहेको उनले बताए । जनतालाइ दुस्ख दिए यस्को परिणाम घातक हुने नेविसंघको ठहर छ । ३३ किलो सुन काण्ड निर्मला हत्या काण्ड र अहिले वाइडबडी घोटला काण्डको कारण सरकार निकै आलोचित भएको छ ।