सरोज यादव, विराटनगर
विराटनगर महानगरपालिकाले दु्ई छोरी जन्माउने महिलाहरूलाई सोमबार एक कार्यक्रमका विच प्रोत्साहन स्वरूप जनही २५ हजार रूपैया वितरण गरेको छ । भ्रुण हत्या रोक्ने कार्यक्रम अन्र्तगत महानगरपालिकाले पहिलो पटक यो अभियान चलाएको हो ।
विराटनगर महानगरपालिकाको उपप्रमुख योजना अन्तर्गत नगर भित्रका पहिलो र दोश्रो सन्तान पनि छोरी भएमा दोश्रो सन्तान छोरीको पढाई खर्चका लागि उनको नाममा महानगरले २५ हजार रुपैयाँ बैकमा रकम वचत गरिदिएको हो । विराटनगर महानगरपालिकाले ग्लोबल आइएमी बैकमा २५ हजार रुपैया बचत गरिदिएको हो ।
कार्यक्रममा विराटनगर ५ की सुनिताकुमारी ठाकुर,सम्झना तामाङ,तारादेवी पोख्रेल र सेलीमाया मगरको दोश्रो सन्तान छोरीको नाममा आमा संरक्षक रहने गरी पढाई खर्चका लागि महानगरले बैकमा सो रकम वचत गरिदिएको हो । महानगरले दोश्रो सन्तान छोरीको नाममा पढाई खर्चका लागि उनीहरुको नाममा बैकमा २५ हजार रुपैया वचत गरिदिने कार्यक्रम यसै आर्थिक बर्षबाट समावेश गरेको थियो ।
महानगरले अघिल्लो आर्थिक बर्ष छोरी बचाउन अभियान चलाएकोमा यसैबर्षदेखि छोरी पढाउ अभियान पनि त्यसै कार्यक्रममा समावेश गरेकोे हो ।महानगरमा छोरी बचाउ अभियानलाई भने निरन्तरता दिदै आएको छ । यो बर्षपनि महानगरले निश्चत दायरा पूरा गर्ने २२ दम्पतीलाई नगद तीन हजारसहित सोमबार सम्मान गरेको छ । महानगरले छोरी बचाउ अभियान अन्तर्गत दम्पतिलाई नगदसहित सम्मान गरेको हो ।
महानगरले विवाहको उमेर कम्तिमा २० वर्ष पूरा गरेको, पहिलो सन्तान छोरी भएको, नियमित गर्भ जाँच गराएको र अस्पतालमा प्रसुति गराउने आमाहरुलाई छोरी बचाउ अभियान रुपरुप महानगरले त्यस्ता दम्पतिलाई प्रोत्सान गर्ने अभियान ल्याएको थियो ।महानगरले छोरीप्रति सम्मान जनाउन पहिलो पल्ट यस्ता कार्यक्रम महानगर भित्र अभियानका रुपमा ल्याएको हो ।
महानगरले विवाह गर्ने उमेर २० वर्ष पूरा भएको, नियमित गर्भ जाँच गराउने, पहिलो सन्तान छोरी जन्माउने र अस्पतालमै सन्तान जन्माउने आमाहरुलाई छोरी बचाउ अभियान मार्फत त्यस्ता नगर क्षेत्रका आमाहरुलाई नगद ३ हजार रुपैयाँसहित सम्मान गर्ने कार्यक्रम थालेको हो ।
जसका लागि त्यस्ता दम्पतीलाई निवेदन दिन महानगरले आग्रह गर्ने गरेको छ । सोही अनुरुप महानगरमा परेको निवेदनमा दम्पतिलाई नगद तीन हजार रुपैयाँसहित मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले संयुक्त रुपमा सम्मान गरेका हुन ।
कार्यक्रममा मेयर पराजुलीले तराईमा छोरीप्रति हेर्न दृष्टिकोणमा परिवर्तन ल्याउन छोरी बचाउ अभियान साथै छोरी पढाउ अभियान सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले महानगरको यो अभियानलले समाजमा छोरीप्रतिको हेर्ने दृष्टिकोणमा केही भएपनि परिर्वतन ल्याउन सकिनेमा आशावादी रहेको बताए । गएको २३ साउन बसेको महानगरको नगरपरिषदले साउन यता नगर क्षेत्रका पहिलो सन्तान छोरी हुने र महानगरले दिएको निश्चत मापदण्ड पूरा गरेका २ सय दम्पतिलाई छोरी बचाऔं अभियान मार्फत नगदसहित सम्मान गर्ने कार्यक्रम समावेश गरेको थियो ।











प्रतिक्रिया