अर्जुन बोहरा, हुम्ला
शनिबारबाट परेको हिंपातले हुम्लाको जनजिवन कष्टघर बनाएको छ । आउने चैत महिनामा एसइईको तयारी गरिरहेका विद्यार्थीलाई भने टिउसन कक्षा लिनमा समस्या बनाएको छ । विहान पाँच बजे उठेर बिषयगत टिउसन कक्षा लिनको लागि विद्यालयमा जानु पर्ने भएकोले विहान ६ बजे,अपरान्ह १२ बजे र दिउँसै ४ बजे तिन वटा बिषय कक्षा लिएको रलिङ्ग माविका विद्यार्थी माइकल बोहराले बताए । चिसोले कक्षा कोठामा पनि बस्न नसिकिने र कोठमा पनि चिसोले सिरक ओढेर अध्यान गर्नु परेको बाध्यता भएको सुनाए ।
सदरमुकाम सिमकोटमा रहेको मानिसरवर माविका प्रधानाध्यापक तथा अंग्रेजी बिषयका शिक्षक अमर बहादुर शाहीभने आफु संग १ सय २० जान अंग्रेजी बिषयमा अध्यायन गर्नै एसईइका विद्यार्थी आउने गरेको बताउनु भयो । विहान ६ बजे बाट वेलुकी ५ बजे सम्म विद्यार्थीहरु लाई पढाउने गरेको शिक्षक शाहीले बताए । हिउँदको समयमा कक्षा लिन समेत शिक्षक लाई समेत गाह्रो भएको शिक्षक शाहीले जानकारी गराउनु भयो ।
हिंपात र चिसोले सरकारी गैरसरकारी कार्यलय र पसल समेत शुनसान देखिएका छन । गाउँबाट सदरमुकाम सिमकोटमा आउने सेवाग्राही समेत आवतजावतमा कमी देखिएको छ । सरकारी गैरसरकारी कार्यलयमा हिटर बालेर सेवाग्रहीको काम गर्नु परेको किर्डाक हुम्लाका लेखाअधिकृत कुलबहादुर लामाले बताउनु भयो ।
उता सरकारी कार्यलय र गाउँपालिका कार्यलयमा पनि दैनिक दिन हुने भिडभाडमा हिजोआज चिसोले कमी आएको देखिन्छ सिमकोट गाउँपालिका योजना अधिकृत जग रोकायाले बताए । अधिकाँस कार्यलयका प्रमुख सहित चिसो छल्नको लागि विभिन्न कामको बहाना बनाउँदै शहर तिर झरेका छन । चिसोले दैनिक दिन कार्यलय संचालन गर्न समस्या बनायाता पनि सेवाग्राहीहरु लाई सेवा प्रवाह भईरहेको जिल्ला प्रशासन कार्यलय हुम्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुगानाले बताउनु भयो ।
हिंपातले किसानहरुले लगाएको जेठासी वालीनाली राम्रो सप्रने आशामा र यता चिसोले वालवालिका वयावृद्धादेखि सबैलाई निमोनिया बाट बाँच्न समेत आग्रह गर्नु भयो ।
तर हिपात संगै अत्याधिक चिसोबढेकोले सिमकोट बजारमा संचालन भएका पसल, होटल समेत नखुलेको प्रमुख जिल्ला अधिकारी ढुगानाले बताउनु भयो । मध्यपश्चिम शुदुरपश्चिमका हिमाली जिल्ला हुम्ला लगायतका उतरी जिल्लाहरुमा शनिबार बाट परेको हिंपातले सेताम्मै बनाएको छ । कर्णाली प्रदेशका हुम्ला, मुगु, डोल्पा, जुम्ला कालिकोट सहित अधिकाँस जिल्लामा हिंपात भएको छ ।
हिमपातले सबै गाउँहरु सेताम्य भएका छन । धारामा पानी जमेका कारण पानी तताएर धारोमा हाले पछि मात्र धारोमा पानी आउने गरेको कैलाश वोडिङ्ग स्कुलका शिक्षक मिगुर लामाले बताए । हुम्लाका उतरी साविका गाविस लिमी, मुचु, खंगालगाउँ, हेप्क, डाँडफाय, स्याँडा सिमकोट बरगाउँ, राहदेव लगायतका गाउँहरुमा हिमपात भएको छ ।
गएको शनिबारदेखि हिमपात हुँदा हुम्लामा हवाई सेवा ठप्प भएको छ । लगातार हिउँ परेपछि उडान अवरुद्ध भएको सिमकोट विमानस्थल श्रोतले बताएको छ । हिमपात संग खबराब मौसमब र हावाहुरीकै कारणले हवाई उडान अबरुद्ध भएका छन । दैनिक दिने नेपालगन्ज र सुर्खेत बाट उडान भदै आईरहका जहाज एकासी हिंपात हुँदा रोकिएको छ।











प्रतिक्रिया