नारायणी विद्यालयलाई पाकिस्तानको सहयोग

0
Shares

काठमाडौं, (नेस) ।
पाकिस्तानको सहयोगमा चितवनको भरतपुरस्थित नारायणी विद्यामन्दिर विद्यालयमा कम्प्युटर प्रयोगशाला कक्ष शुभारम्भ भएको छ ।

पाकिस्तानले इन्टरनेट सुविधा सहित १६ वटा कम्प्युटर, अन्य उपकरण र प्रयोगशाला निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराएको हो । नेपालका लागि पाकिस्तानी राजदूत डा. मजार जावेद र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सोमबार संयुक्त रुपमा सो प्रयोगशालाको शुभारम्भ गर्नुभयो ।

इन्टरनेटमा आधारित प्रयोगशालाले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न मद्दत पुग्ने पाकिस्तानी दूतावासको विश्वास छ ।