रुकुमका लेकाली क्षेत्रमा भारी हिमपात

0
Shares

धनवीर दाहाल, रुकुम
रुकुमका लेकाली क्षेत्रमा भारी हिमपात भएको छ । आइतबार बिहानदेखि मौसममा आएको परिवर्तनसँगै वर्षात भएपछि हिमपात भएको हो । आइतबार दिउँसोदेखि लेकाली भेगमा हिमपात र औल क्षेत्रमा वर्षात भएको थियो ।

रुकुम पूर्वका हुकाम, मैकोट, सिस्ने, पेल्मा भट्टेचौर, दादिंग, सेपेलगायतका क्षेत्रमा अधिक हिमपात भएको छ भने रुकुम पश्चिमका मुसिकोट नगरालिकाको किटनी, जन्तिबसे लेक, त्रिबेणीको मौराखारा, स्याजे,बल्लेजुरा, बाँफिकोट गाँउपालिकाको बयाल्या, सानीभेरी गाँउपालिकाको मौराखारा, बाँफिकोट गाँउपालिकाको दुदिला,भनभने लगायतका लेकमा हिमपात भएको छ ।

हिमपातका कारण यहाँका लेकाली भेगमा सेताम्य भएका छन । हिमपातका कारण अत्याधिक चिसो भएपछि रुकुम पूर्वको जनजीवन कष्टकर भएको छ । चिसोका कारण स्थानीयवासी घर बाहिर निस्कन सकेका छैनन । चिसो बढेपछि गाईबस्तुलाई घाँसपात खुवाउन, जंगलमा बस्तुभाउ चराउन समस्या हुनुका साथै काठदाउरा ल्याउन समेत गाह्रो भएको स्थानीयवासीले बताएका छन् ।

यसै गरी हिमाली क्षेत्रका बिद्यालय समेत बन्द भएका छन् । औल क्षेत्रमा वर्षा र लेकाली क्षेत्रमा हिमपात हुँदा चिसो बढेको हो । हिमपात भएपछि किसानहरु भने खुसी भएका छन् । हिमपातसँगै वर्षात भएपछि गहुँ, जौ तथा तरकारी बाली सप्रिने आशामा किसानहरु उत्साहित भएका हुन् । अहिलेसम्म वर्षा नहुँदा हिउँदेबाली गहुँ–जौ सुक्न थालेपछि चिन्तित किसान वर्षाले खुशी भएका छन । हिमपातसँगै परेको पानीले लगाएको फलफूल खेती, खाद्यन्न तथा तरकारी बाली राम्रो हुने अपेक्षा कृषकहरुको छ ।