काठमाडौं, (नेस) ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सबै धर्म–सम्प्रदायसँग समन्वय गरेर अगाडी बढ्ने बताउनु भएको छ ।
सोमबार पार्टीको आदीवासी जनजाति विभागद्वारा आयोजित ‘राष्ट्रिय प्रजातन्त्र पार्टी र आदिवासी जनजाति बिचको सम्बन्ध’ विषयक विचार गोष्ठीमा बोल्दै थापाले हिन्दु, बौद्ध, किराँत, मुस्लीम र क्रिश्चियन सबैको साझा पार्टीको रुपमा राप्रपालाई निर्माण गर्ने दावी गर्नुभयो ।
राप्रपाका विषयमा धेरै भ्रम र अफवाहहरु भएकाले त्यसलाई चिरेर अगाडि बढ्न आवश्यक भएको चर्चा गर्दै उहाँले राप्रपाले उठाएका विषयहरु देश र जनहितको पक्षमा रहेको जिकीर गर्नुभयो ।
सोही कार्यक्रममा उक्त पार्टीका नेता एवम् प्रतिनिधीसभाका सांसद् राजेन्द्र लिङदेनले सम्पुर्ण आदिवासी जनजातिको भाषा, लीपीको संरक्षण र सम्बर्धनमा राप्रपा सदैव सचेत एवं चनाखो रहेको बताउनुभयो ।
आदिवासी जनजाति विभागका प्रमुख लालध्वज लामाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पार्टीका वरिष्ठ नेता बालाराम घर्तिमगर, प्रशिक्षण विभागका प्रमुख भुवन पाठक, मोहन लामा लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।











प्रतिक्रिया