काठमाडौं, (नेस) ।
नेपाल स्काउटको तदर्थ समितको संयोजकमा लोकबहादुर भण्डारीलाई नियुक्त गरिएको छ । पाच वर्षदेखि रिक्त रहेको स्काउटको आयुक्तमा उहालाई नियुक्त गरिएको हो । यसअघि उहा नेपाल स्काउटको सचिव भैसक्नुभएको छ ।
नेपाल स्काउटका प्रमुख स्काउट एवं युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले शपथग्रहण गराउनुभएको थियो । लगत्तै आयुक्त भण्डारीले स्काउटका प्रमुख संरक्षक एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्काउटको भावी योजनाबारे जानकारी दिनुभएको थियो ।
आइतबार नै मन्त्रालयले तदर्थ समितिका सदस्य नियुक्ती गरेको थियो । समितिका सदस्यहरूमा बिजेन्द्र ध्वजू, इन्द्रभूषण अधिकारी, शिवबहादुर भण्डारी र सीमा कर्ण छन् ।
प्रमुख आयुक्त भण्डारीले सरकारले दिएको जिम्मेवारीअनुसार चुनाव गरी नयाँ नेतृत्व चयन गर्ने बताउनुभयो ।











प्रतिक्रिया