व्यावसायिक वातावरण तयार बनाउन लागेका छौं: प्रम

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आइतबार आफँले गरेको सम्बोधनका क्रममा प्रस्तुत तथ्यांकमा कुनै तोडमोड गरेको दाबी गर्नु भएको छ । सोमबार नेपाल चेम्बर अफ कमर्सको ६८औं साधारणसभालाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले तथ्यमा जे छ, त्यही बोलेको हो आधारहीन भएर आफँले नबोलेको बताउनु भएको छ ।
सरकार नयाँ तथ्यांक कायम गर्नेतर्फ अग्रसर रहेको बेला आधारहीन तथ्यांक प्रस्तुत नगरेको टिप्पणी गर्दै प्रधामन्त्री ओलीले सरकारले विगत १० महिनामा गरेको कार्यप्रगति प्रस्तुत गरेको बताउनु भएको छ ।

व्यावसायिक वातावरण तयार गरी लगानी विस्तार गर्न र लगानीमैत्री वातावरण बनाउनको लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको प्रधानमन्त्री ओलीले बताउनु भएको छ ।

उहाँले सरकारले लिएको आर्थिक समृद्धिको यात्रा सफल बनाउनको लागि कानुनी र व्यवहारिक पाटोलाई समेटर सम्बोधन गर्दै अगाडि बढ्न तयार रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको परिवेशमा संघीयता शुरुवाती चरणमा रहेकाले गर्दा कार्यान्वयनमा केही असहज देखिएको बताउनु हँुदै विस्तारै समस्या समाधान हुने धारणा राख्नुभयो

‘कुन क्षेत्रको अधिकार कति, स्वामित्वको बाँडफाँडमा र भोक चलनमा प्रश्न उठेका छन्, यस्को समाधान विस्तारै हुँदै जानेछ,’ प्रधानमन्त्रीले भन्नुभयो–‘संघीयताको शुरुवातीचरणमा कार्यान्वयनमा जटिलता देखिएको हो ।’

प्रधानमन्त्री ओलीले आगामी तीन वर्षमा नेपाललाई अतिकम विकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नती गरिने र सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न नेपालले विकासमा जोड दिनु परेको उल्लेख गर्नुभयो ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न तयार रहेको भन्दै े मौजुदा ऐन कानुनका कारण उद्यमी, व्यवसायीलाई कुनै अप्ठ्यारो परेको भए संशोधन गर्न सरकार तयार छ, उद्यमी व्यवसायीले ढुक्क भएर लगानी गर्नुहोस् भन्नुभयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले लिएको आर्थिक विकासको लक्ष्य हासिल गर्नको लागि निजी क्षेत्रको प्रवद्र्धनमा गर्नुपर्नेमा सरकारको ध्यानकर्षण गराउनुभयो । श्रेष्ठले बहु कर प्रणाली कार्यान्वयन गराउँदा उद्योग व्यवसायमा असरपर्ने बताउँदै बजार अनुगमन, मदिरा नियन्त्रण ऐन, बोनस ऐनले व्यवसायीलाई थप असहज भएको बताउनुभयो ।

कार्यक्रममा मिस नेपाल श्रृंखला खतिवडा, फस्ट रनरअप मनिता देवकोटा, बडी बिल्डर महेश्वर महर्जन तथा होटल व्यवसायी, पँर्व चेम्बरका पदाधिकारीहरलाई सम्मान गरिएको थियो ।