राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जा दिन थाल्यो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपँर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ लागँ गरेको छ । सरकारले कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवम् रोजगारी अभिवृद्धि गर्नु, शिक्षित बेरोजगार युवालाई मुलुकभित्र रोजगार सिर्जना गर्न, विदेशबाट फर्केका युवालाई सहुलियत कर्जा प्रदान गरिने छ ।

यस कर्जा योजनामा १० लाख रुपियाँसम्मको लागि साधारण र १० लाखभन्दा बढीको लागि विस्तृत परियोजना प्रस्ताव पेश गर्नुपर्ने हुन्छ । त्यस्तै परियोजनाको बीमा गराउनुपर्नेको हकमा बीमाको नीति बैंकमा पेश गरेपछि मात्र कर्जा भुक्तानी हुनेछ । कर्जाको अबधि बढीमा ५ वर्षको लागि हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार कर्जा किस्ताबन्दीमा दिइनेछ, बैंंकको आधार ब्याजदरमा थप २ प्रतशत (ब्याज अनुदान ५ प्रतिशत र महिला उद्यमशीलता कर्जाको लागि ६ प्रतिशत ) हाल राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६।६६ प्रतिशत रहेको छ ।

यसैगरी व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा (अधिकतम् ५ करोड), शिक्षित युवा स्वरोजगार कर्जा (अधिकतम् ७ लाख), वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा (अधिकतम् १० लाख), महिला उद्यमशीलता कर्जा (अधिकतम् १० लाख), दलित समुदाय व्यवसाय कर्जा (अधिकतम् १० लाख), उच्च र प्राविधिक तथा व्यासायिक शिक्षा कर्जा (अधिकतम् ५ लाख) र भँकम्पपीडितको निजी आवास निर्माण कर्जा (अधिकतम् ३ लाख) रुपियाँसम्म कर्जा प्रदान गर्ने बैंकले जनाएको छ ।