पायोनियर मोटो कर्पले सर्भिस क्याम्प सञ्चालन गर्ने

0
Shares

काठमाडौं, (नेस)
डाट्सन तथा निशान गाडीको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले राष्ट्रव्यापी रुपमा विन्टर सर्भिस क्याम्प सञ्चालन गरेको छ । यस क्यामको प्रारम्भ पुस २४ गतेदेखि प्रारम्भ भई माघ १२ गतेसम्म देशव्यापी रुपमा सञ्चालन हुँदै छ ।

सर्भिस क्याम्प देशभर रहेका कम्पनीका आधिकारिक सर्भिस सेन्टरमार्फत् सहजै उपलब्ध हुनेछ । यो निःशुल्क सर्भिस क्याम्पमा ग्राहकले विभिन्न अतिरिक्त सुविधा जस्तै निःशुल्क गाडी चेक अप, निःशुल्क टप वास, स्पेयर पार्टको खरिदमा २० प्रतिशतसम्म छुट तथा अन्य एक्सोसरिजको खरिदमा २० प्रतिशत छुट लगायत अन्य थुप्रै सुविधा पनि प्राप्त गर्न सक्नुहुने छ ।