जातीय विभेद गरि कुटपिट गर्दा एक घाइते

0
Shares

कालीवहादुर मल्ल, कालिकोट ।
नरहरिनाथ गाउँपालिका–१ का ५७ वर्षीय डिल्ली कामीललाई सोही ठाउँका ३२ वर्षीय चनबहादुर विष्ट र २८ वर्षीय नरेन्द्र बिष्टले जातीय विभेद गरि कुटप्टि गर्दा गम्भिर घाइते भएका छन् ।

पीडित कामिलाई आरोपित बिष्टहरुले पुस १८ गते घरमा काम गर्न नआएको भन्दै बाटोमा डुम,कमार जस्ता बिभेदित शब्द बोल्दै लाठि र मुक्काले कुटपीट घाइते बनाउनुका साथै दाँत समेत भाँचेका थिए ।

जातीय विभेद गरी कुटपीट गरि घाइते बनाएको भन्दै पीडितले न्यायको माग राख्दै जिल्ला सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गरेका छन् । नेपाल राष्टिय दलित कल्याण संघको सहजिकरणमा पीडक विरूद्ध पुस २३ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी प्रहरीले दर्ता गरेपछि दबावका लागि पत्रकार सममेलन गरिएको संघका जिल्ला संोक विर तिरुवाले वताए ।

टाउको,छाति आँखा र मुखमा गम्भिर चोट लागि घाइतेभएको पीडितको जिल्ला अस्पताल कालिकोटमा उपचार भएको पीडित कामिले वतएका छन् ।

“म माथि जातीय विभेद भयो अहिलेको जमानमा पनि कमारा भन्दै कुटपीट गर्नेलाई कानूनि कारवाहिका लागि माग गर्दछु” पत्रकार सम्मेलनमा पीडितले भने ।

कालिकोटका प्रहरी प्रमुख डिएस्पी बिनोद शर्माका अनुसार जातीय विभेद कसुर सजाँय ऐन अन्तरगत मुद्धा दर्ता गरिएको र घटनाका आरोपितलाई पक्राउ गर्न प्रहरी टोलि खटाइएको छ ।

जातीय विभेद कसुर ऐन २०६८ अनुसार ठहर भएमा तीन वर्ष कैद सजाय र २५ हजार जरिवानको ब्यवस्था गरिएका छ ।