माइक्रोले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु, ४ घाइते

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
काठमाडौँको सामाखुशीमा माइक्रो बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा धुम्बाराहीकी ६० वर्षीया सीता दाहाल छिन् भने घाइते हुनेमा खोटाङका १९ वर्षीय सपना राई, कोटेश्वरका ५३ वर्षीय सुशील अधिकारी, ५० वर्षीया सरिता अधिकारी र धुम्बाराहीका ३५ वर्षीया लक्ष्मी सापकोटा छन् ।

सामाखुशी चोक नजिक जेब्राक्रसमा बाटो काटिरहेका व्यक्तिहरुलाई माइक्रो बसले ठक्कर दिएको प्रहरी जनाएको छ ।

प्रहरीका अनुसार घटनालगत्तै गम्भीर घाइते भएकी दाहाललाई नजिकैको अल नेपाल अस्पताल लगिएको थियो । तर, बाटैमा उनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार घाइते मध्ये लक्ष्मीको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ भने अन्यको अल नेपाल अस्पतालमै उपचार भइरहेको छ ।

ठक्कर दिने माइक्रो र चालक प्रहरीको नियन्त्रणमा छन् ।