विमल बिष्ट, डोटी ।
जनताको शुरक्षामा खटिने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी कर्मचारी आफनो सुत्ने भवन नहुँदा राती पाल टागेर सुत्न बाध्य भएका छन् । राती पानी पर्दा होस वा दिउसोको चर्को घाममा प्रहरीहरु पालको साहरामा दिन रात बिताउन थालेका छन् ।
व्यारेक नहुदा प्रहरी कर्मचारीहरुलाई राती सुत्न समस्या उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रबक्ता तथा डिएपी लालबहादुर धामीले बताउनु भयो । ‘प्रहरी सुत्ने ब्यारेक भवन छैन,म सहित,ईन्सपेक्टर सापहरु जिल्ला प्रशासन सुत्छौ ,उहाँले भन्नुभयो–‘अन्य प्रहरी कर्मचारी भान्सा कोठामा सुत्नु परेको छ ।’ लामो समय देखी भान्सा कोठालाई व्यारेक भवन बनाएर प्रहरीहरु रात बिताउन बाध्य भएका छन् । राती ठुलो पानी पर्दा प्रहरीहरु पाल,पलाष्टिक ओढेर सुत्ने गरेको बताईएको छ ।
आफनो सुत्ने व्यारेक भवन नहुँदा कतिपय प्रहरीहरु दिनभरी डिउटी गरेर राती साथीभाई तथा आफन्तको घर तथा कोठामा गएर सुत्नु पर्ने अवस्था सृजना भएको बताईएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीमा प्रहरी सुत्ने व्यारेक भवन नभएको जानकारी सबै तहमा भएपनि भवन बनाउन पहल कसैलेपनि नगरेको प्रहरी कर्मचारीहरुको गुनासो छ । उनिहरु भन्छन् ‘निरिक्षणमा आउदा सबै हाकीमले हाम्रो अवस्था हेरेर जानुहुन्छ तर पहल कसैले गर्नु हुन्न,दिनभरी काम गर्दा राती सुखले आराम गर्न नी मिल्दैन ।’ जिल्ला प्रहरी कार्यालयमा ७० जना कर्मचारीहरु भान्सा कोठालाई सुत्ने व्यारेक बनायर कोचाकोच गरेर रात बिताउने गर्छन् ।
त्यस्तै २०५१ सालमा निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय डोटीको कार्यालय भवन पनि जिर्ण अवस्थामा रहेको छ । उक्त भवनमा डिएसपी तथा ईन्सपेक्टर बस्ने कार्यालय कक्ष समेत नहुँदा दिनमा काम काज गर्नपनि समस्या हुने गरेको प्रहरी अधिकारीहरु बताउछन् । करिब ७ कोठाको निर्माण गरिएको उक्त भवनमा एक महिला,एक पुरुष हिरासत,एक एसपी अफिस तथा एक सञ्चार शाखाका लागि गरी ४ कोठा छुट्टयाईएको छ भने अन्य ३ कोठाहरुमा डिएसपी देखी अन्य दर्जाका प्रहरीहरु मिलेर काम काज चलाईरहेका छन् ।
प्रहरी प्रधान कार्यालय बाट दुई बर्ष पहिले भनव निर्माणका लागि निर्देशन भई बजेट आएपनि उक्त भवन बझाङ जिल्लामा बनाउने भन्ने हेडक्वाटरको अर्को आदेश भएपछि डोटी प्रहरीको समस्या जिउका तिउ रहेको बताईएको छ । यो बर्ष प्रहरीको योजना बाट भवन बनाउने बजेट आउन सक्नेमा डोटी प्रहरी निकै आसा बादी भएका छन् । ‘यो बर्ष भवनका लागि बजेट आउन सक्छ,बजेट आए हाम्रा समस्या हल हुनेछन्’ प्रहरी प्रबक्ता तथा डिएसपी धामीले भन्नुभयो–‘ब्यारेक भवनका लागि माग गरेका छौ,सायद बजेट आउन सक्छ ।’
जिल्लाका ग्रामिण क्षेत्रमा रहेका प्रहरीका भवनहरु सुधार भएपनि जिल्ला प्रहरी कार्यालय भनव तथा व्यारेकको अवस्था भने कहिल्यै सुधार हुन सकेन । यतिमात्र नभई डोटीमा जिल्ला प्रहरी प्रमुख (एसपी) बस्ने निवास पनि छैन । आफनो भवन नहुँदा जिल्ला प्रहरी प्रमुखले नगर बिकास समति डोटीको भनव लामो समय देखी निवासका रुपमा प्रयोग गर्दै आउनु भएको छ ।











प्रतिक्रिया