विमल बिष्ट, डोटी ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको वर्गीकरणमा सुदूरपश्चिम प्रदेशका ४६ स्थानीय तह ‘क’ बर्गमा अर्थात् दुर्गमको सूचीमा परेका छन् । जस अनुसार अछामका ८, डोटीका ७ र दार्चुकाका ७ स्थानीय तह अति दुर्गम अर्थात ‘क’ वर्गमा परेका छन् ।
त्यस्तै बझाङका ११, बाजुराका ८ र बैतडीका ५ स्थानीय तह अति दुर्गमको सूचीमा परेका छन् । बाजुराका ४ नगरपालिका मध्ये बुढीगंगा, बुढीनन्दा र त्रिवेणी नगरपालिका अति दुर्गम अर्थात् ‘क’ वर्गमा परेका छन् । अछामका ४ नगरपालिकामध्ये कमलबजार र पञ्चदेवल बिनायक नगरपालिका ‘क’ वर्गमा छन् ।
डोटीको शिखर नगरपालिका, दार्चुलाको शैल्यशिखर नगरपालिका र बझाङको बुंगल नगरपालिका गरी ८ नगरपालिका अति दुर्गमको सूचीमा रहेका छन् । त्यस्तै अछामका ६, डोटीका ६, दार्चुलाका ६, बझांङका १०, बाजुराका ५ र बैतडीका ५ गरी ३८ गाउँपालिका अति दुर्गमका छन् । कैलाली, कञ्चनपुर र डडेल्धुराका कुनै पनि स्थानीय तह अति दुर्गमको सूचीमा परेका छैनन् । कञ्चनपुरको १, डोटीको १, डडेल्धुराका ५, दार्चुलाको १, बाजुराको १ र बैतडीका ४ गरी १३ स्थानीय तह दुर्गम अर्थात् ‘ख’ वर्गमा परेका छन् । त्यस्तै बैतडीको १, डोटीको १, बझाङको १, दार्चुलाको १, डडेल्धुराका २, कैलालीका १०, कञ्चनपुरका ७ र अछामका २ गरी २५ स्थानीय तह सुगम अर्थात् ‘ग’ वर्गमा परेका छन् ।
सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाका जिल्ला समन्वय समितिहरुले दिएको सूचनाका आधारमा गरिएको भनिएको वर्गीकरण प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिका ‘घ’ बर्गमा परेको छ । त्यस्तै कैलालीका गोदावरी र टीकापुर नगरपालिका पनि सुगम नगरपालिका अर्थात् ‘घ’ मा राखिएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका पनि सुगम नगरपालिकाको वर्गमा परेको छ ।
स्थानीय तहको यातायातको सुविधा, प्रदेश राजधानी देखिको दुरी जिल्ला सदरमुकाम देखिको दूरी, शिक्षा, स्वास्थ्य, दुरसञ्चार सेवा, बिद्युत, मानवविकास सूचांक, भौगोलिक अवस्थितिलाई समेत ध्यानमा राखी उक्त वर्गीकरण गरिएको जनाईएको छ ।











प्रतिक्रिया