विमल बिष्ट, डोटी ।
डोटीमा दुई थान भरुवा बन्दुक सहित एक जना होटेल व्यबसायी पक्राउ परेका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बोगटान गाउपालिका ५ कन्के ढुंगा बस्ने ४५ वर्षीय बीरबहादुर मगरलाई २ थान भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ ।
मगरले सन्चालन गरेको होटेलमा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका मगरलाई जिल्ला प्रहरी कार्यालय डोटीमा ल्याई आवस्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रबक्ता तथा डिएसपी लालबहादुर धामीले बताउनु भयो ।
उहाँले भन्नुभयो ‘मगरले आफनो होटेलमा लुकाई छिपाई राखेको अवस्थामा दुईथान भरुवा बन्दुक फेला पारेपछि प्रहरीले पक्राउ गरी लइाएको छ,आवस्यक अनुसन्धान जारी छ ।











प्रतिक्रिया