अवैध लागूऔषधसहित ७ जना पक्राउ

0
Shares

काठमाडौं ।
काठमाडौं, पर्सा र रुपन्देहीबाट अवैध लागूऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका(४ सुकेधारास्थित टोखा नगरपालिका(६ धापासी बस्ने ३० वर्षीय तिर्थनाथ उपाध्याय, काठमाडौं महानगरपालिका(६ बौद्ध बस्ने ३५ वर्षीय धर्मराज लामा र काठमाडौं महानगरपालिका(३ पानीपोखरी बस्ने २३ वर्षीय पराग कार्कीलाई लागूऔषध ब्राउनसुगर अन्दाजी १० ग्राम, चरेश अन्दाजी १० ग्राम, चक्कु २ थान तथा लागूऔषध सेवन गर्न प्रयोग हुने बिभिन्न किसिमका सामानहरु सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त महाराजगंजबाट खटिएको प्रहरीले बा।७७ प ९९०६ र बा।९२ प १८२० नम्बरका स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा राखेको उक्त लागूऔषध तथा ४ लाख ७३ हाजर १ सय नेपाली रुपैयाँ, १ हजार ४ सय भारतीय रुपैयाँ, २० रुपैयाँ अमेरिकी डलर, नेपाल बैंक लिमिटेडको १ लाखको चेक १ थान र डिजिटल क्यामेरा १ थान सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, शंकरापुर नगरपालिका(४ धुले बस्ने ४५ वर्षीय तुनुक दोर्जे लामालाई अवैध लागूऔषध गाँजा करिब २ केजी सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा उक्त लागूऔषध सहित उनलाई फेला पारी पक्राउ गरेको हो ।

पर्सा, पर्टेवा सुगौली गाउँपालिका(४ बस्ने २२ वर्षीय अक्षय दहितलाई लागूऔषध गाँजा करिब ५ केजी सहित आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मिलनचोक, पर्सा र सुरक्षा बेश क्याम्प सोलकपुर, पर्साबाट खटिएको सशस्त्र प्रहरी बल सहितको संयुक्त प्रहरी टोलीले पर्सा बीरगंज महानगरपालिका(३१ सोलकपुरस्थित सडकमा ना।२ ह २४७२ नम्बरको अटो रिक्सा जाँच गर्ने क्रममा रिक्साको पछाडीपट्टि झोलामा प्लास्टिकले बाँधी लुकाई छिपाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी चालक अक्षयलाई पक्राउ गरेको हो ।

रुपन्देही देवदह नगरपालिका(१ भमराबारी बस्ने २३ वर्षीय रवि कुवर र सोही नगरपालिका(२ राजाबारी बस्ने २३ वर्षीय डम्बरबहादुर थापालाई लागूऔषध ब्राउनसुगर अन्दाजी २ ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरी टोलीले उक्त लागूऔषध सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।