सकियो सांगीतिक विमर्श अभियान

0
Shares

सात एल्बम लोकार्पण, साहित्यिक तथा सांगीतिक विमर्श अभियान सम्पन्न भएको छ। पद्मदीप स्मृति प्रतिष्ठान काठमाडौंको मुख्य आयोजना र जिल्लास्तरमा भएका साहित्यिक तथा सांगीतिक संघसंस्थास“गको सहकार्यमा अभियान सञ्चालन गरिएको थियो।

राजधानीमा आइतबार पत्रकार भेटघाट गर्दै विमर्श अभियानका बारेमा गीतकार डा. डीआर उपाध्याय, प्रतिष्ठानका अध्यक्ष गायक तथा गीतकार सुरेश घिमिरे, संगीतकार सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘सरद’ ले समापन भएको र अभियानका बारेमा विस्तृत जानकारी गराए। एकै दिनमा एकै गीतकारका सात गीति एल्बम सांगीतिक इतिहासमा पहिलोपटक रेकर्ड भएका कारण गीतको प्रदेशस्तरमा पनि लोकार्पण र समीक्षा तथा जिल्लास्तरको साहित्य अनि संगीतको बारेमा छलफल गर्न अभियान चलाइएको प्रतिष्ठानका अध्यक्ष घिमिरेले बताए।

मंसिर १९ देखि २४ गतेसम्म पूर्वी नेपालमा अभियान चलाइएको थियो। जसअन्तर्गत सिन्धुली, धनकुटा, इटहरी, विराटनगर, इलाम, विर्तामोड, दमक, बर्दिबास र हेटौंडामा कार्यक्रम भएको थियो। दोस्रो चरण पुस १० देखि १६ गतेसम्म पश्चिम नेपालमा चलेको थियो। चितवनबाट शुरू भएको अभियान बुटवल, दाङको घोराही, तुलसीपुर, बा“केको कोहलपुर, सुर्खेत, धनगढी, कञ्चनपुर, पोखरा हु“दै गोरखामा पुगेर सकिएको थियो। देशका विभिन्न ठाउ“मा पुग्दा त्यस क्षेत्रको साहित्य कला र संस्कृतिका बारेमा अझ बढी प्रष्ट हुन सकेको र धेरै बुझ्ने र जान्ने अवसर मिलेको डा. उपाध्यायले बताए।

‘झन्डै १ हजार साहित्यकार, सरोकारवाला निकायका प्रतिनिधि र संगीत प्रेमीस“ग अभियानका क्रममा साक्षात्कार गरियो’ –उनले भने। गीतकार डा. उपाध्यायले लेखेका गीतहरू छुट्टाछुट्टै सात एल्बलमा संगीतकार बुलु मुकारुङ, सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘सरद’ ले सङ्गीत भरेका छन् भने थुप्रै गायक गायिकाले गाएका छन्। केही सामाजिक उपन्याससहित थप गीति एल्बम एक वर्षभित्र पाठक, स्रोता र दर्शकमाझ ल्याउन लागेको पनि उपाध्यायले जानकारी गराए।