ब्राजिलमा हिँसा नियन्त्रणका लागि सेना परिचालित


रियो दि जेनेरो,(एजेन्सी)
उत्तर पुर्वी ब्राजिलियन शहर फोर्टालेजामा जारी रहेको आपराधिक हिंसा नियन्त्रण गर्ने उद्देश्यले आइतवार सरकारले करिव ३ सय फौज त्यसतर्फ पठाएको छ । सिरयरा राज्यमा पसल , बैंक बसहरुमा भइरहेको आक्रमण रोक्नका लागि ति फौजले गश्ती गर्ने भएको स्थानिय संचार माध्यमले जनाएको छ ।

यसै साता त्यहाँ दर्जनौ साँघातिक आक्रमण भएपछि न्याय मन्त्रालयले सैनिक परिचालनका लागि आदेश दिएको हो । स्थानिय कारागारहरुमा लागु गरिएका नयाँ तथा कडा नीति नियम विरुद्ध आयोजित प्रदर्शनको क्रममा ति आक्रमण भइरहेको हो ।

ब्राजिलका अधिकांश कारगारा कुख्यात आपराधिक समुहको नियन्त्रणमा रहेको छ । कारागार प्रशासनले कारागार भित्र मोवाइल फोनको सिग्नल रोकने तथा आपराधिक समुहसंगको आवद्धताको आधारमा क्रदीहरुलाई विभाजन गर्ने नीतिको अन्त्य गर्ने घोषणा गरेको थियो ।

ब्राजिलमा नयाा राष्ट्रपति जायर बोलसोनारोले पदभार ग्रहण गरेको ेकहि दिनपछि नै यस शहरमा फौज तैनाथ गर्ने निर्णय भएको हो । उनले राष्ट्रमा व्याप्त अपराध अन्त्य गर्ने नारा दिएर नै चुनाव जितेका थिए ।

बोल्सोनारोले न्यायमन्त्री सर्गियो मोरोको सनिक परिचालन गर्ने निर्णयको तारिफ गरेका छन् । ब्राजिलियन सरकारी टेलिभिजनमा प्रशारित भिडियो फुटेजहरुमा आपराधिक समुहहरुले विभिन्न स्थानमा आगजनी गर्दै हिँडेको देखिन्छ ।

यस्ता हिंसात्मक गतिविधिमा संलग्न रहेको आशंकामा अहिले समम करिव ५० जना व्यक्तिलाई गिरफतार गरिएको छ । वल्र्ड प्रिजन ब्रिफ नामक संस्थाका अनुसार ब्राजिलमा सात लाख भन्दा बढि व्यक्ति कारगारमा थुनिएका छन् । सबैभन्दा बढि संस्ख्यामा कैदी हुने राष्ट्रको सुचिमा ब्राजिल संयुत्तः राज्य अमेरिका र चीन पछि तेश्रो स्थानमा रहेको छ ।

६३ वर्षिय बोल्सोनारोले गतवर्षको २८ अक्टोवरमा भएके राष्ट्रपतिय चुनावमा बामपन्थि वकर्स पार्टीका नेता फर्नान्डो हादादलाई ठूलो मतान्तरले पराजित गरेका थिए ।