घ्याङफेदीमा ज्यान गुमाएकाको परिवारलाई सहयोग

0
Shares

नेपाल समाचारपत्र, नुवाकोट
नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ घ्याङडाँडामा गत मंसिर २८ मा मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहत स्वरुप नेपाली कांग्रेस नुवाकोटले प्रति मृत्तक व्यक्तिका परिवारलाई ५ हजार रुपैया सहयोग गरेको छ ।

नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश नरसिंह केशीले आइतबार पत्रकार सम्मेलन गरी कांग्रेसका प्रतिनिधि शशीसागर पण्डितलाई एक लाख १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन ।

मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारको आर्थिक अवस्था निकै कमजोर भएको र मिनीट्रकमा यात्रुको बीमा समेत नहुने भएकाले सहयोग स्वरुप राहत रकम उपलब्ध गराएको नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश नरसिंह केशीले बताए । सहयोग स्वरुप दिइएको रकम टंकेश्वर हार्डवेयर ग्रुपका संचालक दिनेश गौतमले ६० हजार रुपैयाँ र नुवाकोट चतुरालेका दिवाकर थपलियाबाट ५० रुपैयाँ रहेको केशीले बताए ।

कांग्रेसले दिएको सहयोग रकम गाउँमा पुगेर एकदुई दिनमै वितरण गरिने नेपाली कांग्रेस नुवाकोटका प्रतिनिधि शशीसागर पण्डितले बताए । यसैबित कांग्रेस नुवाकोटले दुर्घटनामा ज्यान गुमाएका परिवार र घाइतेको उपचारका लागि सबैसँग सहयोगको आग्रह गरेको छ ।

गत पुस २८ गते भएको दुर्घटनामा घटनास्थलमा नै १८ जना र उपचारको क्रममा थप चार गरी २१ जनाको मृत्यु भएको थियो भने गम्भीर घाइते ७ मध्ये जनाको अहिले पनि काठमाडौको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।उनीहरुको उपचारको क्रममा आर्थिक अभाव भएकाले सहयोगको लागी दुप्चेश्वर गाँउपालिकाले गरेको अपिल अनुसार दाताहरुबाट सहयोग जुट्नेक्रम पनि जारी रहेको छ ।

घाइतेहरुको उपचारको लागी यहाँको जनप्रतिनिधिहरुको पहलमा नेपाल सरकारले निःशुल्क उपचारको लागी प्रबन्ध गराउन पहल भइरहेको जनाएको छ । गएको मंसिर २८ गते सिम्टाङबाट सिसिपुतर्फ गइरहेको बा. ३ ख ३९१३ नं. को मिनीट्रक घ्याङडाँडामा दुर्घटनामा परेको थियो । दुर्घटना पश्चात चालक रामभक्त थापा र सहचालक साने बुढाथोकी अझै फरार रहेका छन् ।