गोप्य स्तनपान कक्ष स्थापना

0
Shares

सरिता चलाउने, सल्यान
सल्यानको एक सरकारी कार्यलयले सुत्केरी महिलाहरुको लागी गोप्य स्तनपान कक्ष निर्माण गरेको छ । जिल्लाको हुलाक कार्यलयले सुत्केरी महिला र शिसुहरु लाई मध्यनजर गर्दै जिल्लामै पहिलो पटक गोप्य स्तनपान कक्ष निर्माण गरेको हो ।

कार्यलयमा सेवा लिन आउने सुत्केरी महिला सेवाग्राहीहरुले सार्बजनिक स्थानमा शिसुलाई स्तनपान गराउन लजाउने भएको हुनले यो समस्यालाई अन्त्य गर्नको लागी स्तनपान कक्षको निर्माण गरेको हुलाक अधिकृत धिरेन्द्र भण्डारीले बताउनु भयो ।

सार्बजनिका ठाउँमा लजाएर बच्चालाई स्तनपान नगराउदा कुपोषणको सिकार हुने भएकाले महिला सेवाग्राहीले बच्चालाई समयमै स्तनपान गराउन भन्ने उदेश्यले कार्यलयमा गोप्य स्तनपान कक्षको स्थापना गरेको उहाँले बताउनु भयो ।

शिसु जन्मेको ६ महिना सम्म आमाको दुधको आबश्यकता पर्ने भएकाले कार्यलयमा सेवा लिन आउँदा महिलाहरु स्तनपान गराउन लजाउने भएकाले उनिहरुको सहजको लागी गोप्य स्तनपान कक्षको निर्माण गरिएको भण्डारीले बताउनु भयो ।

कार्यलयमा स्तनपान कक्ष निर्माण सँगै अब साना बालख लिएर कार्यलयमा आउने महिला कर्मचारी र सेवाग्राही महिलालाई स्तनपान गराउन सजिलो हुने भएको हुलाक अधिकृत भण्डारीले बताउनु भयो ।

खुल्ला र पार्दशि रुपमा यस्तो काम गर्नुुपर्छ, सबै सरकारी कार्यलयले यो कामको थालनी गर्न जरुरी छ, समयले मागेको अनुसार मैहिला मैन्त्री, बालमैन्त्री कार्यलयलाई बनाउन खोजिरहेका छौ, उहाँले भन्नु भयो, हुलाक कार्यलय अहिले बैंक भएको छ, शिसु सहित आउने महिलाहरुले लज्जाले गर्दा समयमा दुध नचुसाउने भएकाले यसको महत्व राखेर गोप्य स्तनपान कक्षको निर्माण गरेको कार्यलय प्रमुख भण्डारीले बताउनु भयो ।

स्तनपान कक्ष उदघाटन कार्यक्रममा सहभागी भएका ९२ जना स्तनपान गराईरहेका आमाहरुका शिसुलाई न्यानो टोपि र मोजा उपहार प्रदान गरिएको कार्यलयले जनाएको छ । हुलाक कार्यलय र जिल्लाको कुमारी बैंकको आर्थिक सहयोगमा उपहार प्रदान गरिएको बताईएको छ ।

कार्यक्रममा समान्तालाई कायम गरेर यस्ता कामको सुरुवात गर्नुपर्ने जिल्ला न्याधिस मदन बहादुर धामीले बताउनु भयो । अबको भौतिक संरचना बनाउदा पनि यस्ता किसिमको कुरालाई ख्याल गरी प्रत्येक कार्यलयमा एउटा स्तनपान निर्माण गर्नुपर्नेमा जोड दिनु भयो ।

शिसु स्याहार र स्तनपान कक्ष निर्माण गर्नुपर्छ भन्ने कुरालाई सबैले आत्मासाथ गरी पहल गर्नुपर्ने बताउनु भयो ।