अमेरिकी रक्षा मन्त्रालयका प्रमुख कर्मचारीद्धारा राजिनामा


अमेरिका ।
अमेरिकाको रक्षा मन्त्रालयका प्रमुख कर्मचारी रिएर एड्माइरल केभिन स्विनीले पदबाट राजिनामा दिनु भएको छ । उहाँले शनिबार आफ्नो जिम्मेवारी त्याग्नु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

“पेन्टागनमा प्रवेश गरेको दुई बर्षपछि मैले यहाँबाट बाहिरिने निर्णय गरेको छु, निजी क्षेत्रमा फर्किने यो मेरो उपयुक्त समय हो भन्ने लागेको छ,” जनवरी ५ मा जारी गरेको उहाँको वक्तव्यमा भनिएको छ ।

उहाँले सन् २०१७ को जनवरीदेखि अमेरिकाको रक्षा मन्त्रालयको प्रमुख कर्मचारीका रुपमा जिम्मेवारी सम्हाल्नु भएको थियो ।
पदमुक्त हुनुभएका स्विनीले आफूले राजिनामा दिनु पर्नाको कारणका बारेमा भने वक्तव्यमा केही उल्लेख गर्नु भएको छैन ।
रासस