समाचारको प्रभाव, वडाअध्यक्ष तिमिल्सीनाले गरे २४ हजार फिर्ता

0
Shares

नुवाकोट ।
नुवाकोटको विदुर नगरपालिका वडा नं ११ का वडाअध्यक्ष तोयानाथ तिमिल्सीनाले वडा कार्यलयले आर्थिक वर्ष २०७४÷७५ को पहिलो चौमासिक रकम एकै व्यत्तिको नाममा तिनपटकसम्म वितरण गरेको समाचार समाचारपत्र दैनिकमा प्रकाशित भएसँगै बेरुजु २४ हजार रुपैयाँ उनले शुक्रबार फिर्ता गरेका छन ।

वडाअध्यक्ष तोयानाथ तिमिल्सीनाले गेर्खुमा एकै व्यक्तिको नाममा तीनपटकसम्म सामाजिक सुरक्षा भत्ता वितरण निकासा गरेको तथ्य खुलेको समाचार समाचारपत्रले ब्रेक गरेपछि वडाअध्यक्ष तिमिल्सीनाले शुक्रबार विदुर नगरपालिकाको नाममा बेरुज रकम फिर्ता गरेको नगरपालिकाको कार्यलयले जनाएको छ । महालेखाको कार्यलयले विदुर नगरपालिका वडा नं ११ को नाममा २४ हजार रुपैयाँ बेरुजु देखाएसँगै वडा वडाअध्यक्ष तिमील्सीना झस्किएका थिए ।

वडाअध्यक्ष तिमिल्सीनाले वडा नं ११ गेर्खुका बालकुमारी प्याकुरेल नाम गरेकी वृद्धाको नाममा तीनपटक र समर वहादुर श्रेष्ठको नाममा २ पटकसम्म आर्थिक वर्ष २०७४÷७५ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरेको महालेखा कार्यलयको तथ्याङकमा उल्लेख गरिएको थियो । गेर्खुका वडाअध्यक्ष तिमिल्सीनाले गत वर्ष आफै र केही सहयोगीमार्फत सामाजिक सुरक्षा वितरण गरेका थिए ।

यसैबिच वडा कार्यलयमा एकै व्यत्तिको नाममा तीनपटकसम्म सामाजिक सुरक्षा भत्ता बाँडेको भन्दै विदुर नगरपालिका वडा नं ११ का वडाअध्यक्ष तिमील्सीनाको तिव्र आलोचना शुरु भएको छ । समाचार प्रकाशित भएसँगै वडा कार्यलयमा खैलाबैला मच्चिएको थियो । तर वडा अध्यक्ष तिमिल्सीनाले भने आफुलाई बेरुजु रकमबारे जानकारी नभएको सो घटना घटेको प्रतिक्रिया दिएका छन ।