दुई बुँदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र

0
Shares

विमल बिष्ट, डोटी ।
डोटी जिल्लामा रहेका जिल्ला तथा स्थानिय तहका कृषि तथा भेटेरीनरीका प्रविधिकहरुले दुई बुदे माग पत्रसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । नेपाल कृषि तथा भेटेरीनरी प्राविधिक हकहित संरक्षण समिति जिल्ला कार्य डोका अध्यक्ष प्रेमबहादुर भण्डारीले सरकारले कर्मचारी समायोजन सम्वन्धी कार्यविधि पेश गरिदा समेत कृषि तथा भेटनरीका प्राविधिक तर्फका कर्मचारीहरुका बारेमा कुनै चासोे नदिएकोले सरकारको ध्यान आकर्षण गराउनका लागि ज्ञापन पत्र बुझाएको बताउनु भयो ।

उहाँले भन्नुभयो–‘कर्मचारी समायोजनमा सरकारले हामीले लाई बिस्र्यो की भन्ने लागेर, सरकारको ध्यान दिलाउन ज्ञापन पत्र बुझाएको छौ ।’

नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार २०७२ बैसाख ७ गतेको निर्णय अनुसार एक गाँउ एक प्राविधिकको निति अनुसार लोकसेवा आयोगकको नियम अनुसार पास भई नियुक्त भएका प्राविधिकहरुका बारेमा समायोजन प्रकृयामा चासो नदिदा आफुहरुलाई समस्या भएको अध्यक्ष भण्डारीको दाबी छ ।

प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ एक गाँउ एक प्राविधिकको निति अनुसार पदस्थापन भएका प्राविधिक कर्मचारीहरुलाई स्थानिय तहहरुमा स्थायी रुपमा व्यवस्थापन गरिनु पर्ने र सरकारले रा.प.अन. द्धितिय तहका कर्मचारीहरुलाई हटाउने भन्ने तयारी गरेकोले उनीहरुको उचित व्यवस्थापन नहुदा सम्म कर्मचारीहरुलाई हटाउन नहुने माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुवेदीले प्राप्त गरेको ज्ञापन पत्र प्रधानमन्त्री कार्यालयमा तत्कालै पठाउने बताउनु भयो ।