विजय नेपाली, पोखरा ।
कास्कीमा ठूलो मात्रामा विदेशी मुद्रासहित एक महिला र पुरुष पक्राउ परेका छन ।
विभिन्न देशको मुद्राको कारोवार गरिरहेको अवस्थामा पोखरा लेकसाइड ६ स्थित एक होटलमा भारतीय सहित एक नेपाली पक्राउ परेका हुन । वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नवीन कार्कीसहितको टोलिले ३१ लाख २८ हजार ७ सय ९ रुपैया सहित काठमाण्डौका २९ वर्षिय चन्दा थापा र भारतका ४८ वर्षिय बिनायक कुमार बाबुलाल शाहलाई पक्राउ गरेको हो ।
उनीहरुको साथ बाट अमेरीकी डलर ,भारतीय रुपैया, पाउन्ड तथा युरो लुकिछिपि कारोवार गरेका अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्किका प्रवक्ता रविन्द्रमान गुरुङ्गले जानकारी दिए ।
ू लुकिछिपि विदेशी मुद्राको कारोबार गरिरहेका रहेछन, उनिहरुलाइ हामिले कारोबार गरेकै स्थानबाट पक्राउ गरेका हौू गुरुङ्गले भने । प्रहरिले गोप्य सुचनाको आधारमा उनिहरुलाइ पक्राउ गरेको हो । पक्राउ परेका थापा र शाहलाइ थप अनुसन्धानको लागी राजश्व अनुसन्धान विभाग काठमाण्डौ लगिएको प्रवक्ता गुरुङ्गले जानकारी दिए ।
उनिहरुको साथबाट नेपाली २४ हजार ८ सय ५ रुपैयाँ सहित भारु दुई हजारको ४३ थान, पाँच सयको ११ थान र एक सयको ९० थान, अमेरीकि डलर एक सयको १९७ थान, ५० को ५ थान, २० को २ थान, र १० को एक थान, इङ्ग्ल्याण्डको ५० पाउन्डको सात थान, २० पाउन्ड को २९ थान, दश पाउन्ड १६ थान, पाँचको दुई थान, पाँच सय युरो चार थान, ५० युरो २३ थान,२० युरो २४ थान, १० युरो १७ थान
तथा मोबाइल ४ थान,ल्यापटप एक थान, चेकबुक चार थान, एटिएम कार्ड ६ र एक थान राहदानी समेत बरामद गरेको हो ।











प्रतिक्रिया