स्थानिय जातको बीउ संरक्षण अभियानमा डोटीका किसान

0
Shares

विमल बिष्ट, डोटी ।
डोटीका किसानहरुले घरायसी अर्थात स्थानिय लोकल जातको आलु लगायत अन्य बिभिन्न बिउको संरक्षण गर्ने अभियनको थालनी गरेका छन् । जैबिक बिबिधता संरक्षण तथा कृषि सहकारी संस्थाको सहयोगमा जोरायल गाउपालिका २ स्थित गैराका किसानले उक्त अभियनको सुरुवात गरेका हुन् ।

लोकल तथा उन्नत जातका आलु लगायत अन्य बिउ संरक्षणका लागि किसानहरुले रस्टीक स्टोर समेत स्थापना गरेका छन् । बिउ कुहीएर नोक्सान नहोस र आबस्यक परेको बेला बिउका लागि अनेत्र भौतारीन नपरोस भन्ने उद्देश्यका साथ उक्त अभियानको थालनी गरिएको जैबिक बिबिधता संरक्षण तथा कृषि सहकारी संस्था घण्टेश्वर २ गैराका अध्यक्ष भोज बहादुर मल्ले बताउनु भयो । उहाँले भन्नु भयो–‘उन्नत तथा लोकल जातको आलु अन्य बिउ संरक्षणको सुरुवात गरेका छौ,बिउका लागि अब अन्यत्र धाउनु पर्ने अवस्थाको अन्त हुने छ ।’

कृषि समन्वय ईकाई कार्यालय डोटी र लीवर्ड संस्थाको आर्थिक सहयोगमा दश लाख ७५ हजार ३ सय ३७ रुपैयाको लगानीमा बिउ संरक्षण गर्ने रस्टीक स्टोरको निर्माण गरिएको जैबिक बिबिधता संरक्षण तथा कृषि सहकारी संस्थाका महिला सदस्य सन्जा बोहराले बताउनु भयो ।

उहाँले भन्नु भयो–‘पहिले पहिले आलु लगायत अन्य बिउकालागि गाउघरमा कसैले बचाएर राखेको बिउ खोज्दै हिड्नु पथ्र्यो, नपाइएमा भारत बाट आएको गुणस्तर हिन बिउ प्रयोग गर्न बाध्य थियौ,आज भोली रस्टीक स्टोर बाट आवस्यक बिउ प्रयोग गर्न पाएका छौ,यसैमा खुसि छौ ।’ बिउ संरक्षण गरिन थालेपछि स्थानिय किसानहरुको बिउको अभाबबाट पिरोलीनु पर्ने अवस्थाको पनि अन्त भएको छ ।

किसानहरुले भनेकै समयमा घरैमा बिउ पाउन थालेपछि निकै खुसि भएको स्थानिय छपेश मल्लले बताउनु भयो ।