विमल बिष्ट, डोटी ।
नगर बस सेवा सन्चालन गरिरहेका दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाबीच दुई दिन देखिको नगर बस संचालन सम्बन्धि विवाद आपसी सहमतीमा आज सामाधान गरिएको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा दुई नगरपालिकाका पदाधिकारीवीच भएको छलफल कार्यक्रममा विवाद बारे निकास निकालिएको हो ।
जिल्ला प्रशासनमा भएको सहमती अनुसार शिखर नगरपालिकाले सन्चालनमा ल्याएको नगर बस डडेल्धुराको सिमाना कोरायल खोला देखि दिपायल सम्म र दिपायल सिलगढी नगरपालिकाले सन्चालन गरिरहेको नगर बस दिपायल राजपुर सम्म संचालनमा आउने छन् । दुबै नगरपालिकाका प्रतिनिधि बसेर नगर बसको समय तालिका निर्धारण गरिपछि यातायात ब्यवस्था कार्यालयबाट रुट परमिट लिने बताईएको छ ।
दिपायल सिलगढी नगरपालिकाले बिगत एक बर्षदेखि नगर बस सेवा सन्चालन गरिरहेकोमा शिखर नगर पालिकाले पनि प्रचलित भाडा दरमा २५ प्रतिशत छुट सहित सिलगढी सम्म नगर बस सेवा सन्चालनमा ल्याएपछि बिबाद उत्पन्न भएको थियो । शिखर नगरपालिकाले पनि २ वटा बस खरिद गरि कोरायलखोला देखि सिलगढी सम्म नगर बस सेवा सन्चालनमा ल्याएको थियो ।
जिल्ला प्रशासन कार्यालय डोटीमा भएको छलफल कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदी, दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासी, उप–प्रमुख शिवराज खड्का, शिखर नगरपालिका प्रमुख सिताराम जोशी, उप–प्रमुख धौलीदेवी रावल, दुवै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी लालबहादुर धामीलगायतको उपस्थिती रहेको थियो ।











प्रतिक्रिया