भिडियोमा सम्झनु त सजिलो

0
Shares

सुन न चम्पा गायक कृष्ण काप्mलेको स्वर तथा संगीतकार दीपक शर्माको संगीतमा सम्झनु त सजिलो छ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।

गीतलाई एसपी कोइरालाले लेखेका छन्। गायक कृष्ण र संगीतकार दीपकले एक दर्जन बढी हिट गीतहरू बजारमा दिसकेका छन्। स्याड भर्सनको गीतको म्युजिक भिडियोलाई निसान कास्यप घिमिरेले निर्देशन गरेका छन् भने भिडियोमा सृष्टि खड्का र महेश खडका फिचर्ड गरिएका छन्। थाइल्याण्ड र नेपालमा खिचिएको भिडियोमा ओम प्रसाईको छायांकन र बिकास दाहालको सम्पादन रहेको छ।