प्रिन्सको भिडियो

0
Shares

बाल गायक प्रिन्स सिलवालको पहिलो गीतको दोस्रो म्यँजिक भिडियो निर्माण गरिएको छ।
उनकै स्वर रहेको न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ मायाको म्यँजिक भिडियो निर्माण गरिएको हो। चितवनको सौराहामा सुन्दर पोषाकमा सजिएका थारु युवतीको कोरस नृत्य अगाडि प्रिन्सले मोडलिङ गरेका छन्। निशा पाण्डे र जेनी धमलासँग उनले मोडलिङमा रोमान्स गरेका छन्।
प्रिन्सले उत्कृष्ट प्रदर्शन गरेका निर्देशक सञ्जय पाण्डेले बताए। यसअघि प्रिन्सले दशैंको अबसरमा उमंगले भरिएको गीत दशै मनाउने हो, नाच्दै रमाउने हो भिडियो सहित बजारमा ल्याएका थिए। बसन्त वित्यासी थापाद्वारा रचित न मानामा नापिन्छ माया बोलको प्रिन्सको गीत पहिलो रेकर्ड भएपनि म्यँजिक भिडियो भने दोस्र्रो हो दोस्रो गीत दशैं मनाउने हो म्यँजिक भिडियोका साथ दशैंअघि नै बजारमा आएको थियो। कृष्ण रसालको नृत्य निर्देशन रहेको म्यँजिक भिडियोको छायांकन भने चक्र महर्जनले गरेका हुन्।