विश्वको कवि देवकोटा

0
Shares

गायक विश्व नेपाली आफ्नो नयाँ गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रँेतामाझ आएका छन्।
मीठो साह्रै मीठो बोलको गीतको सफलतापछि गायक नेपाली तथा द नेक्स्ट ग्रुप पुनः एकपटक नयाँ गीतको भिडियोसहित आएका हुन्। कवि देवकोटा बोलको गीतमा गायक नेपालीलाई गायिका सुजाता उपाध्यायले साथ दिएकी छिन्। गीतकार एक नारायण भण्डारीद्वारा रचना गरिएको गीतमा आशिष अविरलको संगीत छ। अविरलले नै यो गीतमा संगीत संयोजन गरेका छन्।

अष्टे«लियामा छायांकन गरिएको गीतको म्युजिक भिडियो प्रदीप लामाले निर्देश्ँन गरेका छन्। भिडियोमा द नेक्स्टका कलाकारका साथै गायक नेपालीले पनि अभिनय गरेका छन्। भिडियोमा प्रदीप लामा तथा सुजना पौडेलको कोरियोग्राफी छ। सिरुजल इभर तथा ल्याक्स तामाङद्वारा छायांकन गरिएको भिडियोमा सिरुजल इभरको सम्पादन रहेको छ।