श्वास परिक्षणबाट क्यान्सर पत्तालाग्ने संभावना


लन्डन,(एजेन्सी)
कुनै पनि मानिसमा क्यान्सर रोग छ वा छैन भन्ने कुरा उनको श्वास परिक्षणबाट पत्तालगाउन सकिन्छ सकिन्न भन्नेबारे वेलायतमा चिकित्सकिय परिक्षण शुरु भएको छ । अनुसन्धानकर्ताहरुले श्वासको अणुका स्वरुपमा विभिन्न प्रकारका क्यान्सरका संकेत पत्ता लगाउन खोजिरहेका छन् ।

क्याम्ब्रिज स्थित वेलायतको क्यान्सर अनुसन्धान टोलिले अनुसन्धानका लागि केहि क्यान्सर रोगी लगायत १ हजार ५ सय जना व्यक्तिको श्वासको नमुना संकलन गर्ने भएको छ । यदि यो प्रविधि सही प्रमाणित भएके खण्डमा बिरामीहरुलाई अन्य थप परिक्षणका लागि सिफारिश गरिनु अघि श्वास परिक्षणलाई जनरल फिजिसियन प्राक्टिसमा प्रयोग गर्न सकिने छ ।

अनुसन्धानकर्ताहरुका अनुसार श्वास परिक्षणलाई पनि डाक्टरहरुले प्रारम्भिक चरणका क्यान्सर पत्तालगाउन संभवत रगत तथा पिशा परिक्षणलाई जस्तै प्रयोग गर्न सक्नेछन् । तर यस परिक्षणको आधिकारिक परिणाम बुझ्नका लागि अझै दुइ वर्ष प्रतिक्षा गर्नै पर्ने भएको छ ।

शरिरले आफ्नो स्वभाव अनुसार कोषहरुमा जैविक रसायनिक प्रतिक्रिया गर्दा भोलाटायल अर्गानिक कम्पाउन्डस नामक अणुहरु निस्कन्छन् । तर यदि क्यान्सरको लक्षण भएको खण्डमा शरिरका कोषहरुको सामान्य पैतिक्रिया फेसरने हुँदा बेग्लै किसमको र गन्धको अणुहरु निस्कने गर्दछन् ।

साथै अन्य रोगहरु जस्तै पार्किन्सनमाझैं क्यान्सरको पहिचानमा कुकुरलाई पनि वास्ना सुँघाउन पनि सकिने अनुसन्धानकर्ताहरु बताउँछन् । क्याम्बिैजको एडेनबु्रक्स अस्पतालमा सहभागिहरुलाई फेस मास्कभित्र १० मिनेट सम्म श्वास फेर्न लगाइएपछि नमुना संकलन गरिने छ । त्यस्ता नमुनाहरुलाई त्यसपछि विशलेषणका लागि क्याम्ब्रिजकै एउटा प्रयोगशालामा पठाइने छ ।