विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको दुर्गम सिगास गाउँपालिकामा पासोमा परेर एक चितुवा मरेको छ । डिभिजन बन कार्यालय बैतडीका डिभिजनल बन अधिकृत केशब पराजुलीका अनुसार अन्दाजी ७ बर्षको ७ फिट लम्बाई भएको चितुवा मरेको हो ।
सिगास गाउँपालिका ८ मगरकोट जंगलमा स्थानीयले जंगली जनावरको लागी थापेको पासेमा परेर चितुवा मरेको जनाएको छ ।
चितुवाको शनिवार पोष्टमार्टम गरि डिभिजन बन कार्यालयमा गाडिएको छ ।
चितुवाको आक्रमणबाट २०६८ साल यता बैतडीमा २३ जनाले ज्यान गुमाईसकेका छन् ।











प्रतिक्रिया