नेविसंघ बैतडीमा नयाँ नेतृत्वका लागि निर्वाचन मतदान सम्पन्न

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बैतडीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन मतदान सम्पन्न भएको छ । शनिवार दिउँसो साढे १२ बजेदेखि शुरु भएको मतदान दिउँसो साढेचार बजे सम्पन्न भएको हो ।

नेपाल विद्यार्थी संघको नेतृत्व चयनका लागि भएको मतदानमा ३९१ मत खसेको निर्वाचन समितिका सदस्य चक्रप्रसाद शर्माले जानकारी दिनुभयो । ४३३ जना प्रतिनिधि मध्ये ३९१ मत खसेको छ । मतदान सम्पन्न भएपनि मतगणना भने आइतवार बिहान ८ बजेदेखि मात्रै हुने निर्वाचन समितिले जनाएको छ ।

नेविसंघमा अध्यक्ष पदका कपील केसी र महेन्द्र कार्कीको प्यानल सहित चुनावी मैदानमा उत्रेको थियो । १९ सदस्यीय समितिका लागि मतदान भएको हो । ३८ जनाले विभिन्न पदमा आफ्नो उम्मेद्वारी दिएका थिए ।

केसी प्यानलबाट सचिवमा केशवबहादुर चन्द र कोषाध्यक्षमा नन्दा कपाडीको उम्मेद्वारी परेको थियो कार्की प्यानलबाट सचिवमा रिकेश बोहरा र कोषाध्यक्षमा भागरथी भट्टको उम्मेद्वारी परेको थियो ।

यसअघि बिहीवार उद्घाटन भएको नेविसंघ बैतडीको १२ औं अधिवेशन नयाँ नेतृत्वका चयन गर्न सहमतीका लागी शनिवार बिहानसम्म प्रयास गरिएको थियो । तर प्रयास असफल भएपछी निर्वाचन प्रक्रिया अगाडी बढाईएको हो ।