रामेछापका ६८ कैदीसहित ११२ जनाले गरे रक्तदान

0
Shares

रामचन्द्र वि.क., रामेछाप ।
जिल्ला कारागार रामेछापका कैदी बन्दीहरुले पहिलो पटक रक्तदान गरेका छन् । व्रजमोहन सुभद्रादेवी स्मृति प्रतिष्ठान सालु रामेछापले शनिबार आयोजनामा गरेको रक्तदान कार्यक्रममा उनिहरुले रक्तदान गरेको हुन् ।

विभिन्न अपराधमा कैद सजाय भोगीरहेका ६८ जना कैदी बन्दीहरुले रक्तदानमा सहभागीता जनाएका छन् । जिल्ला कारागार रामेछापका प्रमुख प्रमोद अधिकारी र अर्क एक कर्मचारीले पनि रक्तदान गरेका छन् ।

रक्तदान पछि खुसी हुँदै विगत ९ बर्ष देखि कैद भुक्तान गरीरहेका नुवाकोटका बसन्त थापाले भने, ‘हामी पनि अरु मान्छे जस्तै हौँ, हामी पनि विभिन्न सामाजिक सेवा गर्न सक्छौँ । उनले थपे, हाम्रो रगतले कसैको ज्यान बाँच्छ भने हामी अझै पनि रक्तदान गर्न तयार छौँ ।’

कैदीबन्दीले रक्तदान कार्यक्रममा सहभागी भएर समाजसेवामा पु¥याएको योगदानको उच्च मुल्याङ्कान गर्नु पर्ने प्रतिष्ठानका अध्यक्ष गोविन्द प्रसाद काफ्लेले बताए । रक्तदान कार्यक्रममा जिल्लाका अन्य ४२ जना सर्वसाधरणले समेत रक्तदान गरेको छन् ।

त्यस्तै प्रतिठानले रक्तदान सँगै गरेको निशुल्क स्वास्थ्य शिविरबाट तीन सय जनाले सेवा लिएका छन् ।
प्रतष्ठानले विगत १० बर्ष देखि शिक्षा, स्वास्थय लगायत विभिन्न विपत्तमा काम गर्दै आएको प्रतिष्ठानका अध्यक्ष काफ्लेले बताए ।