सल्यानमा उमेर नपुग्दै आमा बन्ने किशोरीको संख्यामा बृद्धि

0
Shares

सरिता चलाउने, सल्यान ।
सल्याको शारदा नगरपालीका वडा नम्बर ६ की सोभा बिष्ट अहिले १७ बर्षकि भईन । उनिले कक्षा ८ मा पढदा पढदै एक बर्ष अगाडी १८ बर्षिय कृष्ण बुढाथोकी सँग प्रेम बिवाह गरिन । बिहेपछि उनि गर्भवति भईन, बिद्यालय जान छोडिन, बिहे गरेको एक बर्ष पछि आमा बनिन, अहिले उनि न त बिद्यालय जान्छीन, नत श्रीमानको जागीर छ । सोभाका श्रीमान पनि अहिले कक्षा ८ मा पढछन, अब एक सन्तानको बाबा बनेपछि बिद्यालय छोडेर केही काम गर्ने बताउछन ।

शारदा नगरपालीका १० की पुस्पा बोहरा पनि १८ बर्षको उमेरमा नै आमा बनिन, उनिले १० मा पढदा बिवाह गरेको बताईन । बिवाहपछि बिद्यालय जान छोडेको बताईन । उनको श्रीमानले गाडी चलाउने ड्राईभर काम गर्छन । उनि आमा बन्न जिल्ला हस्पीटल सल्यानमा आईन । त्यहाँ उनिलाई किन यति सानो उमेरमा बिवाह गरेको त ? भनेर भन्दा फोन मार्फत प्रेम बिवाह गरेको बताउछिन । बिवाह पछि बिद्यालय जान नपाएको बताउनछिन ।

सल्यानमा कम उमेरमा आमा बन्नेहरुको संख्यामा बृद्धि हुदै गएको पाईएकोे छ । सामाजीक संजालको दुरुपयोगले बिद्यालय जाने उमेरमा यसरी कम उमेरमा आमा बन्नेहरुको संख्यामा बृद्धि हुदै गएको पाईएको हो ।

यसरी कम उमेरमा आमा बन्नेमा १५ बर्ष सम्मका बालीका रहेको पाईएको हो । चालु आर्थिक बषको साउन महिना देखि यता १ सय ७२ जना २० बर्ष मुनिका बालीकाहरु सुत्केरी हुन अस्पतालमा आएको जिल्ला अस्पताल सल्यानले जनाएको छ । ५ महिनामा जिल्ला अस्पतालमा ६ सय १७ जना आमा बनेका छन जस मध्यमा १ सय ७२ जना कम उमेरका बालीका आमा बनेको तथ्याङक रहेको अस्पतालका नर्सहरुले बताएका छन ।

गएको ५ महिनामा सबै भन्दा बढि साउन महिनामा ४३ जना कम उमेरका आमा बनेको अस्पतालले जनाएको छ । भदौ महिनामा ४० जना, असोज महिनामा ४० जना कम उमेरका बालीका आमा बनेका छन ।

यस्तै कात्तिक महिनामा ३० जना, मसिंर महिनामा १८ जनाले २० बर्ष भन्दा कम उमेरका आमा बनेको अस्पतालले जनाएको छ । जिल्लामा सामाजीक संजाल र फोनको माध्याम बाट बिवाह गरेर यसरी आमा बन्नेको संख्यामा बृद्धि आएको जिल्ला अस्पताल सल्यानका प्रमुख अर्जुन बुढाले बताउनु भयो । स्वास्थ्य शिक्षाको बारेमा थाहाँ नपाउनुले पनि बिद्यालय उमेरमा कम उमेरमा बिवाह गरी आमा बन्नेहरुको संख्यामा बृद्धि आएको उहाँले बताउनु भयो ।

पछिल्लो समयमा फोन, फेसबुकको दुरुपयोगले किशोर किशोरीको मन स्थीर अबस्थामा नरहनु र उनिहरुले निर्णय लिन नसक्ने भएकाले कम उमेरमा बिवाहमा बृद्धि आएको बताउनु भयो । यसरी कम उमेरमा बिवाह गरेर आमा बन्नुले उनिहरुको स्वास्थ्यमा असर पर्नुको साथै मानसिक रोगी हुने सम्भावना बढन सक्ने प्रमुख बुढाले बताउनु भयो ।