झापामा अतिथिलाई मायाको चिनो रायोसाग र सिमल तरुल

0
Shares

भद्रपुर ।
कुनै औपचारिक कार्यक्रममा आयोजकले अतिथीको रुपमा निम्ता गरेको हुन्छ । बाेलाइएका पाहुनाहरुलाइ आसन ग्रहण गराइन्छ । कार्यक्रमको समापनमा मायाको चिनो पनि प्रदान गरिन्छ । यी चल्दै आएका परम्परा नै हुन तर, शनिबार झापाको भद्रपुरमा मञ्चमा वोलाइएका अतिथिलाइ आयोजकले मायाको चिनोमा अग्र्गानिक रायोको साग र सिमल तरुल दिएर विदा गरेको छ ।

पतञ्जली योग समिति भद्रपुर नगरले भद्रपुर–१० स्थित कलवलगुरी प्रशिक्षण केन्द्रमा सत्सङ्सहित आयोजना गरेको वनभोज कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल,शसस्त्र र जनपथका एसपी क्रमश रेशमकुमार थक्सू र भीमप्रसाद ढकाल,राष्ट्रिय अनुसन्धानका उप निर्देशक नगेन्द्र दाहाल,प्रमुख अतिथी गौतम र पोखरेललाइ रायोको सागको मुठ्ठा र सिमल तरुल दिएर विदा गरेका थिए ।

कार्यक्रममा ओम शान्तीका एलपी पोखरेलले आयूर्वेदिक तथा जीवन व्यवस्थापन सम्बन्धी चर्चा गरेका थिए । सत्सङ् तथा वनभोज कार्यक्रमका संयोजक राजेन्द्र भट्टराइले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अवको खानपान विषादीरहित सेवन गरी धुम्रपान,मद्यपान त्याग गर्नु पर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी दाहालले पतञ्जली योगले अघि सारेका मान्यतालाइ जीवनमा उतार्न जरुरी रहेको धारणा राखेका थिए ।

कार्यक्रममा पतञ्जली योग समिति प्रदेश नम्बर १ की उपाध्यक्ष शान्ता गौतमको प्रमुख आतिथ्यमा पूर्णकालिन योग शिक्षक तथा भद्रपुर नगर प्रमुख जीवन कुमार श्रेष्ठ,विभिन्न विधाका योग शिक्षकको उपस्थिती रहेको थियो भने राजयोगबाट रोग निको भएका दुइजनालाइ सम्मान समेत गरिएको थियो ।

जिल्ला आयूर्वेदिक स्वास्थ्य केन्द्र,सृजना मोहन साधना केन्द्र र मुना सामुदायिक भवन साधना केन्द्रले कार्यक्रमको संयोजन गरेको थियो । कार्यक्रममा विभिन्न भजन तथा नृत्य र योगको बारे चर्चा गरिएको थियो । वनभोजमा खिरसगै विभिन्न साधा परिकार खाएर रमाइलो गरिएको योग शिक्षक कैलाश कुमार डाँगीले जानकारी दिए ।