नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ

0
Shares

काठमाडौं ।
काठमाडौं र रुपन्देहीबाट नियन्त्रित लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका ३१ शान्तिनगरबाट सोही महानगरपालिका ठूलो खरिबोट बस्ने भक्तपुरका २९ वर्षीय सन्दिप शर्मालाई नियन्त्रित लागूऔषध नाइट्रोभेट २ सय २५ एम्पुल सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरको प्रहरीले शर्मालाई शंका लागि जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

रुपन्देही सिद्धार्थनगर नगरपालिका(१ बेलहियास्थित लेखनाथ नगरपालिका(२७ बस्ने १३ वर्षीय राजेन्द्र बिकलाई नियन्त्रित लागूऔषध डाइजेपाम २० एम्पुल, फेनरागन २० एम्पुल र नुर्फिन २० एम्पुल सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलहियाको प्रहरीले जाँच गर्दा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।