चिरञ्जीवी मास्के, दोलखा ।
दोलखाको विगु गाँउपालिकामा मिनि ट्रिपर दुर्घटनामा परी स्थानिय एक युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।
विगु गाँउपालिका वडा नम्बर ५ चिलंखाबाट ढुङ्गा लोड गरी सिंगटी तर्फ आउदै गरेको ट्रिपर दुसिडाँडा भन्ने ठाँउमा दुर्घटना हुँदा विगु गाँउपालिका वडा नम्बर ६ आलम्पुका ३० बर्षिय टहलबहादुर थामीको घट्नास्थलमै मृत्यु भएको यलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुन्जित तमाङले बताए ।
दुर्घटनामा परी मिनि ट्रिपरका चालक विगु गाँउपालिका वडा नम्बर ५ का २९ बर्षिय जयराम गुरुङ र सहचालक वडा नम्बर ६ का २५ बर्षिय लालकुमार थामी घाईते भएको र उनीहरुको उपचार सिंगटीमा रहेको रोल्वालिङ सामुदायीक अस्पतालमा भै रहेको प्रहरीले जनाएको छ । उक्त मिनि ट्रिपर दुसिडाँडाबाट झण्डै ८० मीटर तल खसेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया