पोखरा ।
कास्कीमा विद्यार्थि संगठनको लागि भन्दै चन्दा उठाउँदै गर्दा रसिद सहित विप्लव कास्की अध्यक्ष काजी गुरुङ्गलाई जिल्ला प्रहरी कार्यालय कास्किले पक्राउ गरेको छ ।
उनले विधार्थी संगठनको लागि भन्दै करिव ८० हजार रुपैया चन्दा उठाएको स्रोतको दाबी छ ।स्रोतका अनुसार उनले १५ हजार भन्दा मुनि रकम नलिने गरेको बताइएको छ ।
यस विषयमा बोल्दै कास्की प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङ्गले चन्दा रसिद सहित पक्राउ गरेको बताए । अध्यक्ष गुरुङ्गलाइ हिरासतमा राखी थप अनुसन्धान भइराखेको प्रवक्ता रविन्द्रमान गुरुङ्गले जानकारी दिए ।











प्रतिक्रिया