आरुषीमा कला

0
Shares

मुचुंगा नामक फिल्मबाट रजतपटमा डेब्यु गरेकी नायिका कला राईले पहिलो फिल्म प्रदर्शन नै नभई अर्को फिल्म पाएकी छिन्। मुचुंगा रिलिज हुनुअघि उनले आरुषीमा काम पाएकी हुन्। यो फिल्म यतिबेला छायांकनको अन्तिम चरणमा पुगेको छ। यसै गरी आरुषीपछि अर्को चलचित्रमा पनि उनी अनुबन्ध भइसकेकी छिन्। सोलुखुम्बुमा जन्मिएकी कला आरुषीमा शीर्ष भूमिका निर्वाह गरिरहेकी छिन्। लभस्टोरी जनरामा निर्माणाधीन आरुषीमा उनले इशक राईसँग स्क्रिन शेयर गरेकी छिन्।

कलाकारितालाई नै भविष्य ठानी फिल्म क्षेत्रमा प्रवेश गरेकी कलाको कामको चर्चा गर्दै निर्देशक उदय सुब्बाले उनमा धेरै अभिनय क्षमता रहेको बताए। आरुषीबाट धेरै आशा राखेको जनाउँदै राईले यो फिल्मले आफूलाई रजतपटमा स्थापित गराउने विश्वास व्यक्त गरेकी छिन्। उदय सुब्बा निर्देशित आरुषीमा मौनता श्रेष्ठको पटकथा तथा संवाद, विक्रम डिसीको छायांकन, बिरु गुरुङको कथा, तारा थापा किम्भेको सम्पादन, राजु किरातीको द्वन्द्व तथा विकास चौधरी र तारा प्रकाश लिम्बुको संगीत रहेको छ।