नासालाई ठुलो सफलता: न्यु होराइजन्स अन्तरिक्ष यानले ‘अल्टिमा थुली‘को तस्वीर पठाए


लस एन्जलस (एजेन्सी)
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका लागि नयाँबर्ष २०१९ को सुरुवाट अत्यन्त उत्साजनक रह्यो । उसको एक अन्तरिक्ष यानले सुर्यबाट ४ अर्ब माइल दुरीमा रही सौर्य मन्डलको हिस्सा रहेको एक छुद्रग्रहको तस्वीर पठाएको नासाले जनाएको छ ।

उक्त छुद्रग्रहको नाम ‘अल्टिमा थुली‘ राखिएको छ । यो ग्रिक–ल्याटिन भाषाको शब्द हो, जसको अर्थ ‘त्यसतो ठाउँ, जहा कोही पनि पुगेको छैन ‘। नासा वैज्ञानिकका अनुसार ‘अल्टिमा थुली‘ कुनै ठुलो स्नोम्यान जस्तो देखिन्छ । स्नाम्यान हिँउको थुप्रोले बनाइएको मानव आकृती हो ।

नासाले सन् २००६ मा अन्तरिक्ष अनुसन्धान हेतु न्यु होराइजन्स नामको एक अभियान शुरु गरेको थियो । त्यसका लािग एह अन्तरिक्ष यान पठाइएको थियो । त्यसको उद्देस्य पृथ्वीबाट करोडौं माइल दुरीमा रहेको ग्रहहरुको नजिक पुगेर उनीहरुको जानकारी संकलन गर्नु थियो । सन् २००६ मा उक्त यान प्रक्षेपण गर्दा यसको लक्ष सौर्यमण्डलको अन्तिम ग्रह यमको अध्ययन गर्नु थियो । सन् २००६ मै ९ ग्रहको सुचीबाट यमलाई निकालिएको थियो । नासाको उक्त अन्तरिक्ष यान सन् २०१५ मा यम नजिक पुगे । त्यसपछि उक्त यानको लक्ष्य यम वरपरका तत्वहरुको अनुसन्धान गर्नु रह्यो । यस क्रममा मंगलबार यो अन्तरिक्ष यान ‘अल्टिमा थुली‘ नजिक पुगेको हो ।

अल्टिमा थुलीलाई पहिलो पटक सन् २०१४ मा खगोलविदहरुले टेलिस्कोपको माध्यमबाट खोजेका थिए । अब न्यु होराइजन्स अन्तरिक्ष यानबाट यसको तस्वीर अगाडी आएको छ । उक्त तस्वीर आएपछि यो अन्तरिक्षमा रहेका मध्य सौर्य मन्डलको सबैभन्दा टाढा र सबैभन्दा पुरानो तत्व हुन सक्ने अनुमान लगाइएको छ । अब यो मानव अन्तरिक्ष यानको निगरानी छ । अन्तरिक्ष यानले अल्टिमा थुली देख्नु अगाडी वैज्ञानिकहरुसँग यसको एक धमिलो तस्वीर मात्र थियो र यो कुनै बदाम जस्तो देखिएको थियो ।

अल्टिमा थुली कसरी बने
नासाका बैज्ञानिकहरु अब ‘अल्टिमा थुली‘ कसरी बन्यो भन्ने धारणा बनाउने तरखरमा छन् । वैज्ञानिकहरुका अनुसार सुरुमा स–साना तत्व गुरुत्वाकर्षणका कारण नजिकिँदै एक आपसमा जोडिए । यसै क्रममा बनेका दुई ठुला टुक्रापनि नजिकिँदै एक आपसमा जोडिन पुगे । यसैबाट ‘अल्टिमा थुली‘ बने ।

नासाका अनुसार यो छुद्र ग्रहको लम्बाई ३३ किलोमिटर छ र यसले २ सय ९८ बर्षमा सुर्यको एक परिक्रमा पुरा गर्छ । यसले आफनो चक्कर भने १५ घण्टामा पुरा गर्छ । यसको सतहमा बरफ जमेकोले चम्किलो देखिन्छ । सुर्यको किरण पृथ्वीमा जति पर्छ त्यसको १ हजार ५ गुणा कम मात्र ‘अल्टिमा थुली‘मा पर्छ ।
नासाका प्रमुख अनुसन्धानकर्ता एलन स्टर्नले यसको पछिल्लो तस्वीर २७ हजार किलोमिटरको दुरीबाट १सय ४० मिटर प्रति पिक्सलबाट खिचिएको जानकारी दिए । बरफका कारण चम्किलो देखिएपनि यो छुद्र ग्रह रातो रंगको भएको वैज्ञानिकहरु बताउँछन् । वैज्ञानिहरुले यसको तस्वीरलाई विज्ञानको अभुतपुर्व खोज मानेका छन् ।