अवैध लागूऔषध सहित ४ जना पक्राउ

0
Shares

काठमाडौं ।
काठमाडौं र धादिङबाट अवैध लागूऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं चन्द्रागिरी नगरपालिका(२ नागढुंगास्थितबाट बाँके नेपालगन्ज उपमहानगरपालिका(९ घर भएका २४ वर्षीय उदिप कंडेललाइ नियन्त्रित लागूऔषध नाईट्रभेट २३ एम्पुल सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । नेपालगन्जबाट काठमाडौं आउँदै गरेको बा।५ ख ४५ नम्बरको यात्रु बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका(७ चावहिलस्थित सडक किनारबाट मकवानपुर मार्खु गाउँपालिका(५ का ३५ वर्षीय रामराज गिरीलाई नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ५० एम्पुल, बुप्रेनोर्फिन नूफिन ५० एम्पुल र फेनारगन ५० एम्पुल सहित बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्युरो कोटश्चरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
धादिङ गजुरी गाउँपालिका(१ गजुरी बजारस्थित भारत उत्तरप्रदेश घर भएका ३० वर्षीय सतेन्द्र सिंह बगेल र पर्सा पटेरुवा सुगौली गाउँपालिका(१ बस्ने ५० वर्षीय लालमहमद गदीलाई लागूऔषध चरेश २ सय ३५ केजी सहित बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले एचआर ३८ एस ९३७१ नम्बरको भारतीय ट्रकलाई जाँच गर्दा ट्रक भित्र उक्त लागूऔषध फेला पारी ट्रक चालक सतेन्द्र र ट्रकमा सवार गदीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।