२६ हजार लिटर अवैध मदिरा नष्ट

0
Shares

काठमाडौं ।
काठमाडौं महानगरपालिका(६ र काठमाडौं गोकर्णेश्‍वर नगरपालिका(६ स्थित अबैध मदिरा बनाउने कारखानाबाट २६ हजार लिटर अबैध मदिरा बिहीबार बिहान प्रहरीले बरामद गरि नष्ट गरेको छ ।

महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरीले विभिन्न ८ स्थानमा रहेको अबैध मदिरा बनाउने कारखाना छापा मार्दा घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ करिब २१ हजार लिटर, तयारी घरेलु मदिरा ५ हजार लिटर र ५ हजार ५ सय केजी तयारी कोदोको तोङ्बा फेला पारी स्थानीय भद्रभलाद्‍मीहरु, संचारकर्मीहरु तथा वडा जनप्रतिनिधिहरुको रोहबरमा नष्ट गरेको सो परिसरले जनाएको छ ।

साथै उक्त स्थानबाट ग्यास चुलो १० थान, ग्यास सिलिण्डर १९ थान, प्लाष्‍ट्रिक र फलामको ड्रम १ सय ३० थान र घरेलु मदिरा बनाउन प्रयोग हुने भाँडाहरु ३६ थान समेत प्रहरीले बरामद गरेको छ ।