सल्यानमा शिक्षकको कुटाईबाट विद्यार्थी घाइते

0
Shares

सरिता चलाउने, सल्यान ।
सल्यानमा शिक्षकको कुटाइबाट एक विद्यार्थी घाईते भएका छन् । जिल्लाको बागचौर नगरपालिका २ थारमारेमा रहेको जनकल्याण नमुना माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र विशाल बस्नेतलाई शिक्षकले कुट्दा घाइते भएका हुन ।

बागचौर नगरपालीका वडा नम्बर १ कोटबेत घर भएका उनि बुधबार दिउँसो १२ बजेतिर विद्यालयको प्राङ्गनमा वस्नेत र अर्का एक विद्यार्थी बिच सामान्य झगडा हुँदा सहायक प्रधानध्यापक तुलसीराम बस्नेत र अर्का शिक्षक याम बहादुर घर्तीले कुटपीट गरी घईते बनाएको विद्यार्थीका बुबा तेज बहादुर बस्नेतलले बताएका छन् ।

पेट, टाउको, छातीमा आफुलाई चोट लागेको र दुई तीन पटक सम्म पिट्दा सम्म आफुलाई होस भएपनि पछि बेहोस भएर आफुलाई श्रीनगरको हस्पीटलमा ल्याउदासम्म केही थाहा नभएको पिडित ,विद्यार्थीले बताए । घाईते विद्यार्थीको श्रीनगर स्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भएको छ । घाइते विद्यार्थीको टाउकोमा चोट लागेको र उनी अहिले सामान्य रहेको अस्पताले जनाएको छ । विद्यालयले भने शिक्षकले विद्यार्थीलाई कुटेर घाइते भएको आरोप निराधार भएको दाबी गरेको छ ।

यता प्रधानाध्यापक पुर्ण भण्डारीले विद्यालयमा दुई विद्यार्थी बिच झगडा भई रहेका समयमा शिक्षहरुले छुटाउन खोजेको र त्यसै क्रममा सामान्य चोटपटक लागेको हुन सक्ने बताए । तर नियतवस भने विद्यार्थीलाई शिक्षकले कुनैपनि हातपात नगरेको उनले बताए ।